विगत लामो समयदेखि नेपाली जनताले शिक्षा र स्वास्थ्यमा महंगी खेप्दै आएका छन् । शिक्षा र स्वास्थ्य जस्तो क्षेत्रमा सर्वसाधारण जनताले महंगी खेपिरहँदा जुनसुकै पार्टीको सरकार बने तापनि शिक्षा र स्वास्थ्य निःशुल्क गर्न सकेका छैनन् । शिक्षा र स्वास्थ्य निःशुल्क नहुँदा जनता सधैं भिखारी बन्ने र औषधी उपचार गर्न नसक्ने अवस्थामा आई रहेका छन् । हुने खानेले र धनीमानीले विदेशमा गएर महंगो अस्पतालमा उपचार गराउँछन् भने निमुख र सर्वसाधारण जनताले अस्पतालमा गएर स्वास्थ उपचार गर्न नसकेर मेडिकलमा गएर एन्टिबोयोटिक प्रयोग गर्ने गर्दछन् । तर त्यो एन्टिबोयोटिकले स्वास्थ्यको लागि कति हानीकार छ की लाभदायक छ भनेर भेयु पाउन सक्दैनन् । किनकी उनीहरुसँग अस्पतालमा गएर स्वास्थ्य जाँच गर्दा लाखौं रुपैयाँ खर्च हुन्छ । तर चार÷पाँच सयको ऐन्टिबायोटिक खाएपछि केही आराम भएको महसुस गर्छन् र सर्वसाधारण निमुखाहरु फार्मेसी र मेडिकलमा गएर एन्टिबायोटिक किनेर खाने गर्दछन् । त्यसले गर्दा अधिकांश सर्वसाधारणको स्वास्थ्य जोखिम बन्दै गएको छ ।
सरकारले स्वास्थ्य क्षेत्रलाई निःशुल्क गर्न नसक्दा आम सर्वसाधारणहरु मारमा परिरहेका छन् । देशमा तीन तहको सरकार छ । तर स्वास्थ्य क्षेत्र भने नाजुक अवस्थामा छ । किनकी संघ, प्रदेश र स्थानीय तहमा खुलिएका अधिकांश मेडिकल र फार्मेसी पसलहरुले महंगो मूल्यमा एन्टिबोयोटिक बिक्री वितरण गरिरहेका छन् । त्यसले गर्दा ती मेडिकल र फार्मेसीहरुमा विना स्वास्थ्य चेकजाँच एन्टिबायोटिक बिक्रीवितरण हुँदा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय निकम्मा बन्न पुगेको छ । सो मन्त्रालयले ती मेडिकल र फार्मेसीहरुमा न त अनुगमन गरेको छ न त एन्टिबोयोटिक बिक्री गर्नेहरुलाई कारवाही नै गर्न सकेको छ । मेडिकल र फार्मेसीमा एन्टिबोयोटिक बिक्री वितरण हुने गरेको छ । त्यो सँगै नशालु औषधीहरु पनि बिक्री वितरण गर्ने गरेका छन् ।
कतिपय मेडिकल र फार्मेसीमा सर्वसाधारण जनताहरु मलाई खोकी लागेको छ फलानो औषधी खाएको निको भएन भनेपछि नशालु औषधी दिएको पाइन्छ । ती बिमारीहरुले सो औषधी प्रयोग गरेपछि झुम्म हुने, टोलिने गर्दछन् । त्यसले आम सर्वसाधारणलाई कति असर पर्छ भन्ने कुराको समेत राज्यले ध्यान दिन सकेको छैन । विश्व स्वास्थ्य संगठनले २०२३ मा १२३ प्रकारका औषधीहरुको दर्ता नविकरण, उत्पादन र आयात गर्न समेत प्रतिबन्ध लगाएको थियो । तर प्रतिबन्ध लगाएता पनि त्यस्ता मेडिकल र फार्मेसीहरुमा एन्टिबोयोटिक खुलमखुला बिक्री वितरण हुँदा पनि राज्यका निकायहरु गुमनाम भएका छन् । त्यसले गर्दा सर्वसाधारणको स्वास्थ्य दिन प्रति दिन जोखिम बन्दै गएको छ । त्यसले गर्दा सर्वसाधारणको स्वास्थ्यमा कति असर परेको छ भन्ने कुरा राज्यका निकायहरु मौन बसेको देखिन्छ । रास्वपाको दुई तिहाई हाराहारीबाट स्वास्थ्य मन्त्री बनेकी निशा मेहताले पनि स्वास्थ्य क्षेत्रलाई कुनै चलायमान बनाउन सकेकी छैनन् । उल्टै औषधी माफिया र मेडिकल माफियाहरुसँग समुन्वय गरेर दिन बिताई रहेकी छिन् ।

