रास्वपाले स्थानिय निर्वाचन आफ्नो पक्षमा पार्न बाढी पीडितको सहयोग सहकारी पीडितलाई दिने संकेत

देश/विदेश प्रमुख राजनीति विविध समाचार

यूवराज बस्नेत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारले सहकारी पीडितहरुलाई पैसा फिर्ता दिने भने तापनि अहिलेसम्म सहकारी पीडितहरुले पैसा फिर्ता पाएका छैन ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयमा दिनहुँजसो सहकारी पीडितहरुको भीड लाग्ने गरेको छ ।

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी मन्त्री प्रतिभा रावलले सहकारी पीडितहरुको पैसा फिर्ता गरेको दाबी गरे तापनि १० हजार र पाँच हजार जम्मा गरेका पीडितहरुले केही रकम पाएका छन् भने करोडौं र लाखौं डुबेका पीडितहरुले अहिलेसम्म सो रकम फिर्ता पाएका छैनन् । सर्वसाधारणलाई ठगी गरेर फरार रहेका सहकारीका संचालकहरु पनि अहिलेसम्म न त पक्राउ पर्न सकेको छ न त कारवाही नै गर्न सकेको छ ।

सहकारी पीडितहरु दिनहुँजसो समस्याग्रस्त सहकारी कार्यालयमा धाउन बाध्य छन् । तर सरकारले सहकारी पीडितहरुलाई रकम फिर्ता दिन सकेको छैन । उल्टै सहकारी पीडितहरुको पैसा सरकारले फिर्ता गर्ते भन्दै सर्वसाधारण जनताको आँखा माथि छारो हाल्ने काम गर्दै आएको छ । तर सहकारी पीडितहरुको पैसा स्थानीय निर्वाचन आसपास पारेर केही रकम फिर्ता दिने र स्थानीय निर्वाचन आफ्नो कब्जामा पार्ने सम्भावना बढेर गएको बताइन्छ । किनकी गत भदौ १० गते आएको भोटेकोशी बाढीले पाँच वटा जिल्लालाई लक्षित गरी भौतिक संरचनादेखि ठूलो धनजनको क्षति भएको थियो । सो धनजनको क्षति हुँदा सरकारले राहतको लागि विदेशीदेखि नेपालका उद्योगी व्यवसायीहरुसँग सहयोग मागेको थियो । सो सहयोगबाट करिब १७ खर्ब रकम जम्मा भएको आकलन गरिन्छ । भोटेकोशी बाढी पीडितहरुले राहत पाएका छैनन् ।

त्यसले गर्दा पीडितहरु न्याय र राहतको खोजीमा भौतारिरहेका छन् भने सरकार उदासीन बनिरहेको छ । तर आगामी २०८४ मा हुने स्थानीय र प्रदेश निर्वाचनमा खर्च गर्ने र निर्वाचन रास्वपाको पक्षमा पार्ने आकलन राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले गर्न थालेका छन् । किनकी माओवादी, कांग्रेस र एमालेबाट रास्वपा प्रवेश गरी निर्वाचन जितेका सांसदहरुले मन्त्री पद नपाएको र स्थानीय तथा प्रदेश निर्वाचनमा पनि रास्वपाले ती कार्यकर्तालाई उम्मेदवारी नबनाउने भएकाले यस्तो खुलासा गरिएको बताइन्छ । त्यसले गर्दा सरकारले सहकारी पीडितहरुलाई स्थानीय निर्वाचनलाई लक्षित गरेर पैसा दिने संकेत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *