रास्वपाको सरकार यता न उता

देश/विदेश प्रमुख प्रशासन प्रशासन राजनीति लेख विविध समाचार
  • साबित्री खत्री

काठमाडौं । नेपालका राजनीतिक दलहरुले प्रायःजसो दुई तिहाई हाराहारी बहुमत ल्याएर पाँच वर्षसम्म स्थायी सरकार चलाउन सकेका छैनन् । नेपाली कांग्रेसेले पटक पटक बहुमत ल्याए तापनि दुई तिहाई हाराहारी बहुमत ल्याउन सकेको छैन । नेकपा एमालेले त कयौं पटक निर्वाचनमा होमिएता पनि ठूलो पार्टी बन्ने बहुमत ल्याउन नसकेको उदाहरण त छँदैछ ।

२०७४ सालको निर्वाचनमा माओवादी र एमाले गठबन्धन गरी दुई तिहाई हाराहारी ल्याएको थियो । त्यसले गर्दा दुई तिहाई हारारहारी बहुमतको नेकपाको सरकार ४१ महिना टिक्न सकेन । त्यसपछि दुई तिहाई हाराहारीको सरकार पनि बन्न सकेन । त्यसैगरी २०६४ सालमा नेकपा माओवादीले २४० सिट प्रत्यक्ष र समानुपातिकमा ल्याएर सरकार गठन गरेको थियो ।

सरकार गठन गरेको ९ महिनामै विघटन हुन पुग्यो । किनकी तत्कालीन प्रधानमन्त्री प्रचण्डले नेपाली सेनाका प्रधान सेनापति रुक्मान कटुवाललाई हटाउने र पशुपतिको पुजारी भट्टलाई हटाउँदा प्रचण्ड सरकार ढल्न पुगेको थियो । त्यस यता कुनै पनि दलले स्पष्ट दुई तिहाई हारारहारीको बहुमत कुनै पनि दलले ल्याउन सकेका थिएनन् । २०८२ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनले कांग्रेस र एमालेको सरकार बिघटन हुन पुगेको थियो ।

कांग्रेस र एमाले सरकार विघटन भएपछि नयाँ प्रतिनिधि सभा निर्वाचन गराउनका लागि सुशीला कार्की नेतृत्वको सरकार गठन भएको थियो । सो सरकारले गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन गराएको थियो । सो निर्वाचनमा रास्वपाले झण्डै दुई तिहाई हाराहारी बहुमत ल्याएर गत चैत्र १३ गते बालेनको नेतृत्वमा सरकार बनेको थियो । सरकार बनेको ८ महिना बितिसक्दा पनि सरकारले नयाँ योजनाका साथ काम गर्न सकेको छैन । उल्टै भएका संरचनाहरुलाई भत्काएर अनेकौ फन्दा फाल्दै छ ।

त्यो सँगै दिपावलीको अवसरमा सुशासनको कामलाई प्राथमिकता दिएर विकास निर्माणको खाका बनाउनु पर्नेमा उल्टै देउसी भैलो खेलाएर रमिता देखाएका छन् । त्यसैगरी सर्वोच्च, सुरक्षा निकाय, मुख्य सचिव नियुक्ति जस्ता विषयमा सिनियिरलाई पन्छाइएर जुनियरलाई नियुक्ति गरेपछि कर्मचारी प्रशासन नै धरापमा परेको छ । नेपालको कर्मचारी प्रशासन मात्र धरापमा परेको छैन की न्यायलय र संवैधानिक निकाय, संवैधानिक आयोग जस्ता ठाउँमा नियुक्ति गर्दा सिनियरलाई पन्छाएर जुनियरलाई प्राथमिकता दिँदा नेपालको प्रशासन क्षेत्र नै तहसनहस हुन पुगेको छ । त्यसले गर्दा नेपालमा जुनसुकै राजनीतिक दलले दुई तिहाई हाराहारी ल्याए तापनि देश चलाउन सक्ने हैसियत राख्न सकेका छैनन् ।

दुई तिहाई हारारहारी ल्याएका सरकार बनाएका दलहरु बीचैमा फेल हुने गरेका छन् । रास्वपाको दुई तिहाई सरकारले पनि आफ्ना पाँच वर्षे कार्यकाल पूरा गर्ने लक्ष्य देखिँदैन । किनकी नेपालका राजनीतिक दल टुटफुटको सिकार बनिरहेका थिए भने रास्वपाको पार्टी भित्र पनि टुटफुटको अवस्था सिर्जना हुँदैछ । त्यसले गर्दा नेपालमा जुनसुकै दलले दुई तिहाई हारारहारी बहुमत ल्याए तापनि पाँच वर्षे कार्यकाल पूरा गर्न नसकेकै कारण दुई तिहाई हाराहारी असफल हुने देखिन्छ । त्यसले गर्दा रास्वपाको दुई तिहाई हाराहारीको सरकार माछोमाछो भ्यागुतो जस्तै बन्ने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *