छानबिनमा इन्भेष्टमन्ट बैंक

अर्थ/वाणिज्य प्रमुख बैंक

माफियाहरुको पक्ष पोषणमा लागेको चार्ज लागेपछि राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठ निलम्बनमा परे । यो प्रकरणको छानबिन गर्दै जाँदा अब लहरो तान्दा पहरो थर्कने भएको छ ।

छानबिन समितिको सुई नेपाल इन्भेष्टमेन्ट बैंकतिर सोझिएको छ । श्रेष्ठको अनियमितता उपर छानबिन गर्न गठित समितिका एक सदस्यका अनुसार बैंक तथा वित्तीय सुपरिवेक्षणको जिम्मा पाएका शिवराजका कारण नेपाल इन्भेष्टमेन्ट बैंकले समेत उन्मुक्ति पाएको भेटिएपछि अनुसन्धान इन्भेष्टमेन्ट बैंकतिर सोझिएको हो । समितिले अहिले सूक्ष्म रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकको विवरणलाई समेत छानबिन गरिरहेको छ । उनै श्रेष्ठको बल पाएपछि नेपाल इन्भेष्टमेन्ट बैंकले प्रोभिजन गर्नुपर्ने रकमसमेत नगरेको भेटिएको हो । यता नेपाल इन्भेष्टमेन्ट बैंकमा एकै तहका कर्मचारीहरुबीच समेत सैतेनी व्यवहार हुने गरेको नयाँ रहस्य सार्वजानिक भएको छ ।

त्यहाँ अत्याधिक श्रम शोषण हुने गरेको गुनासो पनि उत्तिकै चुलिएको छ । कर्मचारीहरुको जात, थर अर्थात् वतन हेरेर असमान तलब खुवाउने गरिएको नयाँ रहस्य सार्वजानिक भएको हो । एउटै पदमा विगत दशौँ वर्षदेखि काम गरिरहेका कोही कर्मचारीको तलब २० हजार हाराहारी त सोही पदमा कार्यरत उच्च घरानीया कर्मचारीहरुको हकमा झण्डै डब्बल तलब खुवाइँदै आएको रहस्य सार्वजानिक भएको हो । पाण्डे र राणालगायत थरी कर्मचारीहरुको तलब सोही पदमा कार्यरत अन्य कर्मचारीहरुको भन्दा दोब्बर रहेको रहस्य सार्वजनिक भएको छ । यो बैंकका अध्यक्ष हुन् पृथ्वीबहादुर पाँडे । उनकै परिवारका ज्योती पाँडे त्यहाँ सिइओ छन् । बैंकमा कर्मचारी नियुक्तीदेखि लिएर अन्य सम्पूर्ण काममा पाँडेको पूर्णहस्तक्षेप हुने गरेको गुनासो चुलिँदो छ ।

उही पदमा कार्यरत अन्य थर भएका कर्मचारीभन्दा पाण्डे थर भएका कर्मचारीको तलब सुविधा धेरै हुने गरेको भेटिएको हो । बैंकमा प्राय उनै पाण्डेका नातागोता र आफन्तहरुले भरिएका छन् । इन्भेष्टमेन्ट बैंकले प्रवाह गरेको कर्जा नउठेपछि अहिले बैंक तनावमा छ । बैंकको खराब ऋण मात्र ३ प्रतिशतभन्दा बढी पुगेको छ । यिनै पाँडेहरुले सुमन पाण्डेलगायत अर्काे पर्यटन व्यवसायीलाई अघि लगाएर ५ अर्ब लागतमा ठमेलमा छाँया सेन्टर खडा गरे ।

त्यो पनि सरकारी जग्गा कब्जा जमाएर । पाँडे कुनै समय माण्डु हाइड्रोका कारणसमेत विवादमा मुछिएका पात्र हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *