मध्यावधिको पक्षमा तीन दल

राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केपी ओलीलाई विस्थापित गरेर कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादीको अर्को सरकार गठन गर्ने कसरतलाई अगाडि बढाई राखेका भएपनि प्रधानमन्त्री अ‍ोलीले नेतृत्व गरेको नेकपा एमाले सँगै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र जनता समाजवादीको नेतृत्व तह भने प्रतिनिधिसभालाई पुनः विघटन गरेर आगामी मंसिरमा मध्यावधि निर्वाचन हुनुपर्ने पक्षमा देखिएका छन् । यही कारणले गर्दा नै कांग्रेस र जनता समाजवादीको नेतृत्व तहले नयाँ सरकार गठन गर्ने सम्बन्धमा गम्भीरता नदेखाई औपचारिकतामा मात्र सिमित हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *