सरकारी प्रतिनिधिमण्डल बाहेकको स्पेन गएर नफर्किएकाको विषयमा छानबिन गर्न गृहमन्त्री लेखकको निर्देशन

राजनीति समाचार

काठमाडौं । गृहमन्त्री रमेश लेखकले स्पेन गएर नफर्किएकाहरूबारे छानबिन गर्न निर्देशन दिएका छन् ।

मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । यस विषयको गहन छानबिनका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र मानव बेचबिखन अनुसन्धान ब्युरो खटिनेछ । प्रधानमन्त्रीको प्रतिनिधिमण्डल बाहेक स्पेन को को गए ? कुन विधि प्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानबिन गर्न निर्देश दिएका छन् । ‘यस विषयमा दोषी देखिएकाहरूलाई कारबाही गरिने छ’ उनले भने । प्रधानमन्त्री ओली गत असार १४ गते स्पेन भ्रमणमा गएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *