वरिष्ठ नेता पौडेललाई सत्ता र सरकारको चिन्ता

राजनीति

काठमाडौं । नेपालमा कोरोनाको कारण अवस्था भयावह भए पनि दलहरूलाई पार्टीको महाधिवेशन गर्नुपर्ने बाध्यता छ । नेपाली कांग्रेसले १४ औँ महाधिवेशनको मिति तोकिएको छ । तर, महाधिवेशनको पूर्वतयारी ठानिएको कृयाशील सदस्यता संकलनलाई भने महामारीले प्रभाव पारेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल १३ औँ महाधिवेशनका प्रतिनिधि कै भरोसा गर्दै छन् । ६ वर्ष अगाडिको कृयाशील सदस्यतालाई स्वीकार्दा नयाँ सदस्यमाथि अन्याय हुन्छ भन्ने कुरा बुझ्न नसक्ने नेता रामचन्द्र पौडेल बनेका छन् । जसलाई सत्ता र कुर्सीभन्दा चासो छैन । ८ लाख क्रियाशील सदस्य बनाउने घोषणा गरेको त्यो पार्टी मुलुक विपत्तीमा पर्दा नेता विपत्तीमा हुन्छ ।
महाधिवेशन टार्ने रहर कांग्रेसका कुन नेतालाई हुन्छ ? जुन पार्टी प्रजातन्त्र संघीयताको पक्षधर छ । तर, मौका पाउँदा समावेशीतालाई ध्यान दिनसक्दैन । एमालेको ओली खेमाले समावेशी सिद्धान्तको भजन गाउँछ, मौका पाउँदा महिलालाई हेप्छ भन्ने कुरा वर्तमान ओली सरकारको स्थायी समिति नै काफी छ । यो सवालमा कांग्रेस पनि जोगिउन । माओवादी पार्टीको नेतृत्वको सरकार बन्दा मौका पाउँदा महिलाले केही ठाउँ पाएका छन् । तर १४ वर्षसम्म राजतन्त्रको सेवक बनेका कांग्रेस र एमाले महिला, दलित, जनजातिप्रति ध्यान दिन नसक्दा दलहरू ए क आपसमा विभाजन भएको छ । अहिले क्रियाशिल सदस्यता वितरणलाई कांग्रेसले मिनी महाविधेन ठानेको छ । महाधिवेशनको लहर कता जान्छ भन्ने कुरा क्षेत्र, प्रदेश र जिल्लाले निर्धारण गर्छ । नयाँ सदस्यता समायोजन गर्न बारा, सप्तरी, सिराहा र सिन्धुपाल्चोकको विवाद टुङ्गिन नसक्नु आफैँमा समस्या हो । जहाँ देउवा र पौडेल गुटको भन्दा नव प्रवेशीको व्यवस्थापन पहिलो समस्या हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *