औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक दर्ता भएपछि पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन खारेज

राजनीति विविध समाचार

काठमाडौं । पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन २०२२ खारेज गरिने भएको छ ।

यो ऐन खारेज गरेर यो ऐन अन्तर्गत भएको काम कारबाही नयाँ ऐन बमोजिम भए गरेको मानिने गरी सरकारले औद्योगिक सम्पत्तिसम्बन्धी विधेयकमा १२२ वटा दफा रहेका छन् । औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक संसद्‍मा दर्ता भएपछि पेटेन्ट डिजाइन र ट्रेडमार्क ऐन, २०२२ खारेज हुन लागेको हो ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नयाँ विधेयक प्रतिनिधि सभामा दर्ता गर्दा मानव सिर्जित अन्वेषण तथा आविष्कारको संरक्षण, राष्ट्र हितको प्रवद्र्धन, औद्योगिक सम्पत्तिको धनीको कानुनी तथा आर्थिक अधिकारको संरक्षण गर्न विधेयक ल्याइएको जनाएका छन्। त्यस्तो सम्पत्तिको दर्ता, नियमन, प्रवर्द्धन र अभिलेखाङ्कन गर्नको लागि औद्योगिक सम्पत्ति सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्ने उदेश्य विधेयकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *