गण्डकी प्रदेशमा झन्डै १ अर्ब घटाएर ३२ अर्ब हाराहारीमा बजेट प्रस्तुत गर्दै

गण्डकी प्रदेश विविध समाचार

काठमाडौं । गण्डकी प्रदेश सरकारले चालू वर्षको भन्दा झन्डै १ अर्ब घटाएर आगामी बर्षका लागि बजेट प्रस्तुत गर्ने भएको छ ।

आज ४ बजे अर्थमन्त्री डा टकराज गुरुङले संसदमा बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । चालू आर्थिक वर्षको लागि ३२ अर्ब ९७ करोडको बजेट ल्याएको सरकारले आगामी वर्षका लागि ३२ अर्ब हाराहारीमा प्रस्तुत गर्न लागेको हो ।

सांसदलाई मन्त्रालयगत सिलिङ चौतर्फी आलोचनापछि निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेज गरेको सरकारले यो वर्ष मन्त्रालयगत सिलिङबाटै सांसदलाई बजेट बाँड्न लागेको छ ।

स्रोतका अनुसार सबैभन्दा धेरै भौतिक मन्त्रालयबाट सांसदले बजेट पाउँदै छन् । भौतिकबाट समानुपातिकले १ करोड ५० लाख र प्रत्यक्षले २ करोड ५० लाखका योजना छान्न पाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *