हाकिमहरुले किन करारका कर्मचारीलाई बढी च्याप्छन् होला ?

प्रशासन

काठमाडौं । जस्तो केही साताअघि मात्र नयाँ सहरी आयोजनाका उपसचिव (हाकिम) रोशन श्रेष्ठ त्यही कार्यरत करारको इन्जिनियर बोकेर स्वयम्भुतिर डेटिङमा गए । काठमाडौंका रैथाने श्रेष्ठको श्रीमती राजधानीकै एक नामी इन्जिनियर कलेजको आर्किटेक इन्जिनियर, अनि भाइ र बहारी नै डाक्टर । यस्ता खान्दानी परिवारका मान्छे करार सेवाको कर्मचारी च्यापेर डेटिङमा निस्कँदा एकातिर उनीमाथि कारबाहीको डण्डा बर्साेउने तयारी हुँदै छ, अर्काेतिर सामाजिक रुपमा बदनामी खेप्दै छन् ।
हाकिम सा’बहरुको करारको महिला प्रेमको कहानी यतिमै सकिँदैन । यहि साता यस्तै अर्काे दृश्य देखा प¥यो, बहादुर भवनमा । त्यहाँका हाकिमहरुका आफन्त (२ महिला) करार सेवामा कार्यरत छन् कम्युटर अपरेटरको रुपमा ।
हालै मात्र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २९ जना कर्मचारीलाई कम्युटर अपरेटरमा बढुवा गराएर तिनको पदस्थापन गर्दा दुई जना कर्मचारी खटाइए निर्वाचन आयोगमा तर त्यहाँ आयुक्तहरुका आफन्त र नातेदार करार सेवामा कम्युटर अपरेटर पदमा कार्यरत छन् । स्थायी कर्मचारीलाई नियुक्ति दिएर राख्दा करारका आफ्ना नातेदार र गर्लफ्रेन्ड हटाउनु पर्ने भएपछि अहिले स्थायी नियुक्ति पाएर हालै पदस्थापन भएका कर्मचारीलाई त्यहाँ पदस्थापन गर्न दिइएको छैन, ठाउँ खाली छैन भन्दै फर्काइएको छ ।
उसो त त्यहाँका ती हाकिमको फन्डा यो नै पहिलो होइन, उनी सामान्य प्रशासनमा हुँदा एक जना महिला कर्मचारी करारमा नियुक्त भएकी थिइन्, उद्योग विभागमा । त्यहाँका डिजीले करारका कर्मचारी हटाउन खोज्दा भोलिपल्टै ती सहसचिवको सरुवा भएको थियो । हाकिमहरुको करार सेवाका कर्मचारी पे्रमका कारण स्थायी कर्मचारीहरु अन्यायमा परिरहेको गुनासो सुनिरहेकै बेला संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बेइमानी र ज्यादतीका कारण एकैपटक झन्डै दुईदर्जन बढी कर्मचारीहरु समस्यामा परिरहेका छन् । उनीहरु न्याय खोज्न रामशाहपथ जाने तयारीमा छन् । अघिल्लो बुधबार सामान्यले ज्येष्ठता र कार्यसम्पादनको मूल्यांकनद्वारा हुने बढुवाका लागि नेपाल विविध सेवा राजपत्र अनंकित प्रथम श्रेणी (कम्प्युटर अपरेटर) मा २९ कर्मचारीको नामावली सार्वजनिक ग¥यो । जसमध्ये फूलथुंगा रेग्मी, हर्कमान गर्बुजा, अस्मिता तामाङ, शिव कार्की, शोभाकुमारी न्यौपाने, सुनिता तामाङ, हर्षबहादुर वम, उदेन सुवेदी, मनोजकुमार मगर, रम्भा श्रेष्ठ, सुरेश चौधरी, धर्मेन्द्र चौधरी, बद्री तामाङ, कृष्णप्रसाद सापकोटा, देवकी रिजाल, भगवती प्रसाई, सुप्रिया लामा, शान्ति दाहाल, विनोद विके, पुष्करराज उपाध्याय, दिलिपकुमार सिंह, सारिका न्यौपाने, रामबहादुर विष्ट, इन्दिरा खड्गा, नवराज बर्देवा, बमु गिरी, नगिना भण्डारी, अनिलकुमार दहित र सुमित्रा भण्डारी छन् । वमु गिरीको उजुरीको आधारमा उनको नाम संशोधन गरी सामान्यले २५ गते बढुवा भएका कर्मचारीहरुको सूची सार्वजनिक गर्दै पदस्थापन गरेको थियो । तर पदस्थापनमा ज्यादती भएको कर्मचारीहरुको गुनासो छ ।
यसरी हालै बढुवा भएका कम्युटर अपरेटरहरुको पदस्थापन गरिँदा हिजो माग नै नगरिएका निकायमा कर्मचारीहरु जबर्जस्त पदस्थान गरिएको ती कर्मचारीले गुनासो पोखेका छन् । उनीहरुका अनुसार, लोकसेवासँग माग नै नगरेका नियाकहरुमा आफूखुसी सामान्यले पदस्थापन गरेसँगै बढुवा भएका कम्युटर अपरेटरहरु मारमा परेका छन् । जस्तो महालेखा परीक्षकको कार्यालयले कम्युटर अपरेटर मागेकै थिएन । त्यहाँ ५ जना कर्मचारी खटाइएको छ । यसअघि निर्वाचन आयोगले कम्युटर अपरेटर माग गरेकै थिएन् तर सामान्यले त्यहाँ २ जना कर्मचारीको पदस्थापन ग¥यो । आयोगमा अहिले पनि दुई जना करार सेवाका कम्युटर अपरेटरहरु कार्यरत छन् । त्यही करार सेवाका कर्मचारीलाई देखाएर स्थायी नियुक्ति लिएका कर्मचारी लिनै नमानेका कर्मचारीहरुको गुनासो छ । केन्द्रमा बढुवा भई, केन्द्रकै विज्ञापन अनुसार नाम निकालिएका कर्मचारीहरुलाई निर्वाचन आयोगले रसुवास्थित निर्वाचन आयोग वा रामेछापस्थित निर्वाचन आयोगमा जान दबाब दिइरहेको छ । करार सेवामा कार्यरत आफ्ना नातेदार हटाउनु नहुने अनि हामी संघमै नियुक्ति भएका, स्थायी नियुक्ति लिएका कर्मचारी चाहिँ दुर्गम जिल्लामा गएर तिनका नातेदारको जागिर जोगाइदिनुपर्ने ? ती कर्मचारीले आक्रोश पोखे । उसैगरी २ कर्मचारीको पदस्थापन भयो भौतिक पूर्वाधार मन्त्रालयमा । सामान्यले भौतिक मन्त्रालय वा अन्तरगत भनेर पोस्टिङ गरिदिएपछि भौतिक मन्त्रालयले विभागमा पठायो । विभागले हामीले कम्प्युटर अपरेटर मागेकै छैनौँ भन्दै जिल्लास्थित कार्यालय संघीय सडक सुपरीवेक्षक तथा अनुगमन केन्द्रमा पदस्थापन गरिदिएको छ । यस्तै विज्ञापन खुल्नुअघि नै गृहले १५ कम्प्युटर अपरेटर मागेकोमा त्यहाँ ३ जना मात्र पठाइएको छ । एकातिर माग्दै नमागेका निकायमा पदस्थापन गर्ने, पदस्थापन गरिँदा सामान्य प्रशासनले बदमासी गर्दै मन्त्रालय वा अन्तर्गत झुन्डाँइदा बढुवा भएका कर्मचारीहरु मारमा परेको गुनासो पोखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *