एसपीको बढुवाको चाहना

समाचार

काठमाडौं । सशस्त्र प्रहरीमा जतिसुकै समाचार आए पनि भ्रष्टाचार गर्न छाडिएको छैन । प्रहरी संगठनमा भ्रष्टाचार गर्न विभिन्न उपाय अपनाउन थालिएको छ । …..पौडेल सुनसरी तराईमा सरुवा हुन सके कमाउन सकिन्छ भनेर नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र प्रशासन विभागमार्फत रकमको मोलतोल गर्दै छन् । यही चलन चलेपछि सशस्त्र प्रहरी प्रदेश १ का डिआइजी वंशी दाहाल र प्रदेश २ का चन्द्रप्र्रकाश गौतम राम्रै कमाइ गर्नेमा पर्छन् । सशस्त्र कार्यालयमा मुख्यालय हलचोकसमेत राम्रो नठान्ने गौतमले ‘माउभन्दा चल्ला बाठो’ भन्ने उखान लागू भएको छ । केन्द्रको स्पष्टीकरण खानु प¥यो । तालिम केन्द्रमा बस्दा सुरासुन्दरी काण्डमा शुसोभित वंशी दाहाल रासन काण्डमा डुबेकै हुन् । अहिले त्यही सुनसरीका एसपी माधव पौडेलले रकम उठाएकाहरूले उनी कामु एसएसपीमा बढुवा नहोस् भनेर हल्चोकतिर उजुरी दिँदै छन् । पौडेलले कञ्चनजंगाका खिला पदासँग २ लाख, पोकनी ग्रुप उम्दुवाबाट ८० हजार, लौकाहीका व्यापारी रामपुरीबाट ७० हजार, श्रीपुरका रमेश थापासँग रु ३ लाख दुर्गा यादवसँग रु १ लाख ५० हजार, विद्यानन्द शाहबाट १ लाख, प्रमोद मेहतासँग ८० हजार दिलिप साहनीबाट ८० हजार, अमरुवाका विनोद यादव ७० हजार, भुटाहाका मोला गुप्ताबाट ५० हजार खाएका हुन् । तस्करीको मात्र बढाउने समानसँगै छोटा अलैची, सुकुमेल, हरियो केराउ, लसुन, सुपारीजस्ता नगदजन्य वस्तु सप्लाइ लाइन खुलाउन एसपी पौडेलले साथ दिएवापत त्यो रकम असुले गरेका हुन् । उनले प्रदेश १ का भ्रष्ट डिआइजी वंशी दाहाललाई कति बुझाए आइजिपी शैलेन्द्र खनाललाई कति टुक्रयाए लेखाका गणेश मल्लले कति पाए खोजी हुन सकेको छैन । तर, पौडेलविरुद्ध प्रदेश १ को अख्तियार समेत किनिएको चर्चा छ । निलबहारी गण पनि रासन काण्डमा चर्चित छ । त्यहाँ एसएसपी पूर्ण साथ छन् ।
पछिल्लो पटक एसपी पौडेलाई कामु एसपी हुनुपरेको छ । वरियतामा उनी पछिल्लो टोलीमा छ । उनलाई रोक्न एउटा टिमले यो काण्ड चर्काउन लागेको बताइन्छ । देशको सीमा सुरक्षा समूहले नाका खोल्ने र बन्द गर्ने तस्करी चलाउने र रोक्ने धन्दा सहजै गर्छ भन्ने कुरा यो प्रकरणले छर्लङ्ग पार्छ । तर, प्रहरीको व्यापार बैगुनी हुन्छ, काम पर्दा ज्यू हजुर लगाउने माधव पौडेलजस्ता भ्रष्टहरू नै आइजिपी शैलेन्द्र खनालका विश्वास प्राप्त गर्छन् । उनी अस्पतालको भ्रष्टाचार महेन्द्र हमालहरूको दौडधुप चर्केको छ । सशस्त्र प्रहरीलाई कमाउनकै लागि सीमा सुरक्षाको जिम्मा दिएको हो । डिआइजी वंशी दाहालले एसपी पौडेलको कस्तो रिर्पोटिङ गराए त्यो हेर्न बाँकी छ । उता आइजी लेखापाल गणेश मल्लको एउटा जिल्ला भएर होला करिब १० वटा लेखा शाखा रमाएका छन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *