काठमाडांैं । संसदको दोस्रो ठूलो दल नेकपा एमालेले आफ्नो विधान महाधिवेशनको समीक्षा गर्न नपाउँदै भावी रणनीति र योजना कस्तो बनाउला भन्ने जनचासो छँदैछ । वामपन्थी खेदेर घरमा पैसाको गोदाम राख्ने धन कुवेर पार्टी त्यो पनि कांग्रेसको देउवा ब्राण्डलाई लिएर खडा भएको दुई तिहाईको सरकारले आफैले गरेका बाचा त्यागेकै हो । कार्यकर्ता र जनतामा पार्टी थियो । नेतृत्व सिंहदरबार र प्रदेशमा जागेकै हो । तर समयको ख्याल नगर्दा र आफ्नै पार्टीभित्र आन्तरिक असन्तुष्टि किनारा लगाउन नसक्दा एमाले पनि जेनजी पुस्ताको निशानामा प¥यो । सरकारी सम्पत्ति ध्वस्त भए, नेताका हैसियत अनुसारका महल जलाइए ।
अध्यक्षले सैनिक घेरबाट निस्केको भोलिपल्ट पार्टी कार्यालय पुगेर संविधानको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिने भनियो तर जान सकेनन् । विधान महाधिवेशनको समीक्षा गर्ने र सरकारको काममा जोड दिने बेलामै सरकाकै कारण चम्केको युवा आक्रोशले ठाउँ पायो । राष्ट्रपतिले आफैलाई त्यो पद दिलाएका कांग्रेस र एमालेसँग परामर्शबिना नागरिक सरकार बनाएर संसद् भंग गरिदिए ।
कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकामाथि जेनजी पुस्ताको नाममा भएका आक्रमणले संसदवादी दलहरु नाङ्गै भएका छन् । नेताको स्वार्थमा चलेका पार्टीको शक्ति उदाङ्गो भएको छ । कार्यकर्ताले पनि सरकार र पार्टीको सरक्षाभन्दा जेनजी पुस्ताको पक्षधर बन्नुमै फाइदा उठाए । छ लाखभन्दा बढी सदस्य भएको पार्टीको लिडर संवैधानिक अंग छिन्नभिन्न बनाउने कोसिशमा लाग्दा नै यस्तो परिणाम भोग्न वाध्य हुनुप-यो ।
आज आमजनताले एमालेलाई दिएको विश्वासमाथि कुठाराघात भएको छ । सरकारले पनि काम गरेन । भाषणमा समृद्धिको खोचे थाप्न त सजिलो थियो । तर, सिंहदरबारभित्रबाट कुनै भरोसायोग्य काम भएको थिएन । सत्य बोल्दा बहुमतको डण्डा बर्सिने संकेत आउँदा एमालेले सुन्ने हिम्मत गरेन । पार्टी बैठक र गतिविधिमा अध्यक्षको हैसियतले कानुनी कारबाहीबाट चलेकाहरु उम्कन्छन् भन्ने कुरा पनि छर्लङ्ग भयो । किन कि एमाले अब संस्कृतिबाट टाढा रहनुपर्छ । यो सुझाव पाउन नसक्नेहरु एमालेमा बलियो विचौलिया बन्न पुग्दा दलीय अस्तव्यस्तता बढ्यो । पार्टीले समीक्षा गर्ने मौका पाएन ।
