काठमाडां । जेनजी पुस्ताको आन्दोलन अझै मत्थर भएको छैन । तत्कालीन सरकार ढल्यो । आन्दोलनकै दबाबमा राष्ट्रपतिले आफ्नो अधिकार प्रयोग गरेर सरकार बनाए । संसद भंग भयो निर्वाचनको समय छोटो छ । तर, निर्वाचन समयमा हुने छाँट देखिँदैन । अन्तरिम सरकारले पनि पूर्णता पाएको छैन । मन्त्री बन्ने अनुहार खोजिँदैछ । सरकारले पूर्णता पाउन जेनजीबाट ठेण्डीमा सरेको शक्तिले पनि ठाउँ खोजिरहेको छ । लुटपाट, आगजनी र तोडफोडले देश आक्रन्त बनेको छ । स्वार्थ समूहलाई छिमेकीको साथ बढ्दैछ । यहीं बेला ठूला दलका नेतालाई पार्टी नेतृत्व छाडेर निकास दिनुपर्ने दबाब बढेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाले पद छाड्ने अवस्था देखिँदैन । उनी प्रतिनिधि सभाको चुनाव र देशको अवस्था देखाएर १५ औं महाधिवेशन समयमा नगर्ने दाउमै छन् । देउवा श्रीमतीका कारण कुटपीट र आक्रमणमा परेका हुन् । घर जल्नु, गोदाममा राखेको पैसा लुटिनु, जल्नु देउवाको लागि ठूलो हानीनोक्सानी भएको छ । उता, एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुखै बैरी छ । ओलीले जेनजी समूहको आन्दोलनलाई पत्याएनन् । भ्रष्टाचारीको साथ लिएर जनतालाई दास र कार्यकर्तालाई नोकर ठान्ने ओलीको स्वभावले उनीसँगै पार्टीलाई हानी पु¥याएको छ ।
कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई बारम्बार सचेत गराएका माओवादीका अध्यक्ष प्रचण्डप्रतिको रिश सत्ताका लागि कहिले कांग्रेस, कहिले एमालेसँग जोडिनु हो । प्रचण्डको पालामा जनताले देख्ने काम हुँदै थिए । नक्कली भुटानी शरणार्थी प्रकरण, सहकारी ठगी जस्ता काण्डका फाइल खोलिदिँदा प्रचण्ड सरकार ढलेर ओली सरकार बनेको थियो ।
माधव नेपालमाथि अख्तियार लगाउँदा आफू चोखो भएको दावी गर्ने केपी ओलीले झैं नेपाललाई पनि पद त्याग्न दबाब बढेको छ । तर, ओलीको जस्तो अत्याचारीपन माधव नेपालमा छैन । घर र पार्टी कार्यालय उनको पनि जलेको छ । ओली जनताबाट सुरक्षित छैनन् जति माधव र प्रचण्डलाई त्यो हद आएको छैन । दलीय रुपमा ओलीले अध्यक्ष छाडेर युवा पुस्तालाई नेतृत्व सुम्पलान् भन्ने आधार पनि छैन । अब दलहरु सुध्रनुपर्छ । तर, एमाले र कांग्रेसमा त्यो अवस्था देखिँदैन । जो बदनाम छ उहीं अध्यक्ष केपी ओली र सभापति देउवाका प्यारा हुने भएकाले यी दुई पार्टीको वर्चश्व भएको सरकार २४ घण्टे आन्दोलनले चकनाचुर पारेर ढालिदियो ।
पार्टीको नेता फेर्ने, नेतृत्व परिवर्तन गर्ने चक्र समयले ल्याउँछ । दलीय रुपमा यस्तो बदनाम भएकाहरु अब नागरिकका नजरमा रुचिका पात्र भएनन् । पार्टीको नाममा भ्रष्टाचार, विकृति, विसंगति गराउनेहरुको गुणगान गाउँदैमा सार्वजनिक सभामा आउने आँट नगरे हुन्छ ।
संविधान दिवस मनाउनेले मनाए । सेनाले तयारी ग¥यो, राष्ट्रपति आए भाषण गरे । तर, यो संविधान १३ औं वर्ष प्रवेश गर्दा संविधानमा लेखिएका हक अधिकार जनताले पाएका छैनन् । यसको मूल कारण नै तीन ठूला दलका शीर्ष नेताहरु हुन् । जसले गुट, परिवार, आफन्त र आसेपासेभन्दा टाढा जाने हिम्मत गरेनन् । त्यसले गर्दा जनतामा नेताप्रति वितृष्णा बढ्दै गएको छ ।

