भौतिक पूर्वाधार मन्त्रालयमा कसैलाई माथ कसैलाई पुर्पुरोमा हात

राजनीति

काठमाडौं । ‘जुन जोगी आए पनि कानै चिरेको’ भन्ने उखान नेपालका राजनीतिक पार्टीभित्र चरितार्थ भएको छ । किनकी नेपाली कांग्रेसको सरकार होस् या एमाले वा माओवादीको सरकार होस्, भ्रष्टाचार ज्यूँका त्यूँ छ । अहिले पाँच दलको गठबन्धन सरकार पनि भ्रष्टाचारमा लिप्त भएको छ । जुन दलको सरकार बने पनि भ्रष्टाचार रोकिन सकेको छैन । नेपाल सरकारको सबैभन्दा बढी बजेट भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र स्वास्थ्य, शिक्षा तथा गृह मन्त्रालय रहेका छन् । यसैको सेरोफेरोमा पाँचदल गठबन्धन सरकारमा सबभन्दा बढी चर्चा अहिले भौतिक मन्त्रालयमा हुने गरेको छ । भौतिक मन्त्री रेणुकुमारी यादवले सम्हालेको भौतिक मन्त्रालयमा थैलीको आधारमा सरुवा बढुवा हुने गरेको छ । मन्त्रीले केन्द्रदेखि ७ वटै प्रदेशसम्म आफ्नो फेभरको कर्मचारी सरुवा गरी एक वर्षभित्र एक अर्बभन्दा बढी उठाउने लक्ष्य राखेको आरोप लागेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयदेखि विभिन्न आयोजना प्रमुख, उपप्रमुख, योजना प्रमुख फेरबदल गरिसकेको आरोप लागेको छ । यस्तै मन्त्री रेणुकुमारी यादवले ‘कसैलाई माथै माथ कसैलाई पुर्पुरोमा हात’ पारेको आरोप लागेको छ । खासगरी अहिले भौतिक सचिव रविन्द्र श्रेष्ठलाई यो उखान चरितार्थ भएको छ । उनलाई सडक विभागको महानिर्देशक हुँदै भौतिक सचिव भएको २ वर्षभन्दा बढी भौतिक मन्त्रालयमा बिताएका छन् ।
अन्य मन्त्रालयको सचिवको हकमा २ वर्ष पनि नबिताई सरुवा हुने गरेका भए पनि भौतिक पूर्वाधार मन्त्रालयका सचिव रविन्द्र श्रेष्ठ सडक विभागको महानिर्देशक बन्दा पनि राम्रो कमाई गरेको आरोप लागेको छ । अहिले भौतिक मन्त्रालयमा बसेर पनि राम्रो आम्दानी गरेको आरोप छ । तर, भौतिक मन्त्री रघुवीर महासेठ, वसन्त नेम्वाङ हुँदै रेणुकुमारी यादव भइसक्दासमेत भौतिक सचिव फेरिएका छैनन् । अहिले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले समेत सचिव रविन्द्र श्रेष्ठलाई चलाएको अवस्था छैन । तर, तत्कालीन सहरी विकास मन्त्रालयमा बसेर डा.रमेशप्रसाद सिंह अहिले मत्रिपरिषद्को कार्यालयमा रहेका छन् । सचिव रमेशप्रसाद सिंह अहिले भौतिक मन्त्रालयको सचिवमा सरुवा हुन लागेको आरोप छ । रमेश सिंहले उपेन्द्र यादव र कृषि मन्त्रीको चाकडी गर्न लागेको आरोप छ । उता सचिव रविन्द्र श्रेष्ठले भन्ने गरेका छन् ७ करोड उठाउने लक्ष्य राखेको, तर सक्ने अवस्था भएन । जहाँ सरुवा गरे पनि अब मलाई मतलब भएन भन्दै गुनासो राख्ने गरेका छन् । यस्तै सडक विभागमा ‘कसैलाई फलिफाप कसैलाई पुर्पुरोमा हात’ भएको छ । मन्त्रीले सिडिई र सुईको सरुवा गरिसकेको अवस्था छ । तर, तत्कालीन क्षेत्री निर्देशनालयमा बसेका कैलाश श्रेष्ठलाई विभागको करिडोरमा थन्क्याएर हाटा गरी घर जाने गरेका छन्, भने प्रभात झालाई दोहोरो जिम्मेवारी दिएको अवस्था छ । झालाई प्रदेशबाट केन्द्रमा ल्याएर दोहोरो जिम्मेवारी दिएको छ । झालाई मर्मत सम्भार महाशाखा र बुटवलदेखि सिद्धबाबा मन्दिरसम्मको एउटा पहिरोको लागि १८ अर्बको ठेक्का लगाउन तर्खरमा लागेको आरोप छ । प्रभात झालाई गुणस्तरदेखि मर्मत सम्भारसम्म करोडौँ रूपैयाँ बजेट छुट्याएको छ । यसरी एक व्यक्तिलाई दोहोरो जिम्मेवारी दिएको छ भने कोही व्यक्तिले काम नपाएर हाटा गर्दै बस्दै आएका छन् ।
उता कृषिमन्त्री र उपेन्द्र यादवबीच खटपट भएको अरोप लाग्न थालेको छ । पार्टीभित्र वैचारिक सिद्धान्त र मन्त्रीको विषयलाई लिएर खटपट भएको आरोप लाग्न थालेको छ । एकातिर नेपालमा कोरोनाको भय बढेर गएको अवस्था छ भने अर्काेतिर विकासे अड्डामा कर्मचारी सरुवा बढुवा गर्ने पैसा असुल्ने भन्दा विकासको काम अलपत्र बनेको अवस्था छ । भौतिक पूर्वाधार तथा यातायात सचिव रविन्द्र श्रेष्ठका भाइ भन्दै भौतिक मन्त्रालयको सूचना तथा विज्ञापन रविन श्रेष्ठले विज्ञापन एजेन्सी चलाएर ठेक्कापट्टाका विज्ञापनमा करोडौँ कमाएका छन् । रविन श्रेष्ठले सूचना नपाएको खण्डमा कर्मचारीको सरुवा तथा फेरबदल गर्ने विभिन्न शक्ति केन्द्र धाउने र कर्मचारीको कुरा काट्ने गर्दै आएको समाचार सूत्रले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *