एमालेसित रायमाझी आक्रोश

समाचार

काठमाडौं । सत्ता पक्षको गठबन्धन भत्काउने अभियानमा लाग्दा पार्टीको कार्यक्रम बिर्सेर गुटभन्दा दायाँबायाँ चासो नदिएका नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग दोहोरो संवाद गर्न नपाएकोमा टोपबहादुर रायमाझी विरक्तिन थालेका छन् । पहिला माओवादी अध्यक्ष प्रचण्डलाई धम्क्याएर डा.बाबुरामको आडभरोसा कहिले रामबहादुर थापाको बलले अवसर पाउँदै आएका रायमाझी एमालेसँग तिक्तता भएका कारण त्यहाँभित्र पदाधिकारी बीचमा बैठकसमेत नराख्नु हो । एमालेमा सचिव बनेका रायमाझीले गृह जिल्ला अर्घाखाँचीको पार्टी महाधिवेशन पूर्व एमालेलाई माइनस गर्दै आफ्ना भाइ भारदारको विरोधी बनाएका थिए ।
एमालेका पुराना नेता अध्यक्ष केपी ओलीसँग रिसाएका छन् । एमालेमा सैद्धान्तिक बहस हुन छाडेको अवस्था छ । पार्टीको नवौँ महाधिवेशनले २०४९ सालमा स्थापित जनताको बहुदलीय जनवादलई २१औँ शताब्दीमा पनि नाराको रूपमा लिनु कति सान्दर्भिक छ भन्ने प्रश्न यतिखेर उठिरहेको छ । विचारको बारेमा ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, युवराज ज्ञवालीसमेतलाई चासो छैन । सचिव पदमा दोहो¥याएका योगेश भट्टराई, गोकर्ण विष्टले समेत सैद्धान्तिक बहस चलाउने आँट गर्दैनन् । किनकि एमाले नयाँ सोच नयाँ दृष्टिकोण प्रस्तुत गर्न किन सकिरहेको छैन ?
विचारमा खारिएको दाबी गर्ने माओवादीबाट आएका मणि थापा, लेखराज भट्टबाट वैचारिक बहसको अपेक्षा गर्न थालेका छन् । तर, टोपबहादुर रायमाझी ‘हाटहुटे’को रूपमा चर्चित नेता बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीको कृपाले सचिव बनेका रायमाझी पदसमेत धान्न सक्ने अवस्थामा छैनन् । किनकी समस्याको विषय भनेकै अध्यक्ष केपी केपी ओलीबाट कार्यकर्तालाई सांगठनिक रूपमा परिचालन गर्न योजना ल्याउनु हो ।
एमालेभन्दा माओवादी बढी क्रान्तिकारीभन्दा परिवर्तनकारी र गणतन्त्रवादी देखेका रायमाझीले रामबहादुर थापाजस्ता नेताबाट यो असन्तुष्टिमा चासो नदिएकोमा आक्रामक बन्न थालेका हुन् । एमालेमा गएका नेतामध्ये वैचारिक बहसमा उत्रने हैसियतमा बादल नै थिए । तर, एमालेमा गएपछि कुन तहमा कसरी सक्रियता देखाउँदै छन् । समूहगत रूपमा पूर्व माओवादीले समेत भेउ पाउन नसकेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *