प्रहरी संगठन कांग्रेसको खेलौना बन्दै

समाचार

काठमाडौं । नेपाली सुरक्षा संगठन नेपाल प्रहरी नेपाली कांग्रेसको भ्रातृ संगठनजस्तै बनेको छ । कांग्रेसले प्रहरीलाई तरुण दल र नेविसंघकै रूपमा परिचालन गर्दैछ । नेपाल प्रहरीमा डिआइजी, एसएसपी, एसपी, डिएसपीदेखि इन्स्पेक्टरसम्मको पदमा कांग्रेसका जिल्ला नेताले छानेर प्रहरी आफ्नो जिल्ला लागेका छन् । फौजी सुरक्षा पार्टीको निम्ति प्रयोग गर्दा एआइजीको दरबन्दीमा दुई वर्ष अगाडिका वरिष्ठ हुँदा–हुँदै अहिले दरबन्दी थपेर एआइजी बनाउने भएको छ । धिरजप्रताप सिंहलाई आइजिपी बनाउने चलखेल हुन थालेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारका गृहमन्त्री बालकृष्ण खाँड भने सुरक्षा फौजमाथि बालुवाटारको दबाबमा सरुवा बढुवा गर्ने पक्षमा छैनन् । तर, देउवाको टिमले प्रहरी भित्रका एआइजी विश्व पोखरेल, सहकुल थापालाई एमालेका सांसदले सहयोग गरेको आरोप छ । सरकार जसको थियो त्यसको साथ पाएका प्रहरी अधिकृतले भन्ने गरेका छन् कि प्रहरी वरिष्ठताको आधारमा आइजिपी बन्नुपर्छ, त्यो विश्वराज पोखरेल नै हुन् । उनी पनि २१ जनाको समूहबाट तत्कालीन खुमबहादुर खड्का गृहमन्त्री भएका बेला सेवा प्रवेश गरेका पात्र हुन् । यो सत्य दबाएर लुक्दैन ।
राजनीतिक रूपमा मोरङसँग जोडिएका विश्व पोखरेल र भक्तपुर जिल्लाका सहकुल थापाको बढुवा हुँदा डिआइजी एकै समयमा भए पनि एआइजी भएको समय एक वर्षको फरक छ । दूधले नुहाएका कोही पनि छैनन् । कांग्रेसले माओवादी पार्टीको गृहमन्त्री बन्दाको बेलामा पनि प्रहरीमा दबदबा चलाउन सकेन । एमालेले पनि दबदबा कायम गर्न सकेन । माओवादीका नेताले गृहको जिम्मा लिएपछि प्रहरीमा भर्ति गर्न सकेन । अहिले सातै प्रदेशमा प्रहरीको भर्ति खुलेको छ । तर, माओवादीलाई चासो छैन । प्रहरीको भगिनी संगठन बनाएर चुनाव जित्न खोज्ने, जनताको शान्ति सुरक्षामा नजुट्ने देशघाती निर्णय गर्ने शक्ति भनेकै कांग्रेस हो । जुन पार्टी प्रतिस्पर्धी कम्युनिस्टहरूलाई धुजा–धुजा बनाएर चुनाव जित्न खोज्दैछ । घात, अन्तर्घात, टिकट वितरणमा चलखेल हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *