चन्द्रागिरीमा गिरीको अग्रता

राजनीति समाचार

काठमाडौँको चन्द्रागिरी नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार घनश्याम गिरीले अग्रता लिनुभएको छ । आज १३ हजार ३४२ मतगणना हुँदा कांग्रेसका उम्मेदवार गिरीले ६ हजार ३१५ मत ल्याई अग्रता कायम गर्नुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार उत्तमबहादुर राउतले चार हजार ५१६ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत सिर्जना थपलियाले राससलाई जानकारी दिनुभयो ।

यस्तै, उपप्रमुखमा नेकपा एमालेले अग्रता लिएको छ । एमालेका उम्मेदवार वसन्ती श्रेष्ठले पाँच हजार १९१ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनका उम्मेदवार रोशन दानीले एक हजार ४८७ मत प्राप्त गर्नुभएको छ ।

हालसम्म चन्द्रागिरीका पाँचवटा वडाको मतगणना सम्पन्न भइसकेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । जम्मा गणना भएकामध्ये नगरप्रमुखमा एक हजार ५४१ र उपप्रमुखमा चार हजार ५८१ मत बदर भएको निर्वाचन कार्यालय चन्द्रागिरीले जनाएको छ ।

कूल १५ वडा रहेको चन्द्रागिरिमा कूल ४७ हजार २६४ मतदाता रहेकोमा यो स्थानीय तहको निर्वाचनमा ३६ हजारभन्दा बढी मत खसेको निर्वाचन अधिकृत थपलियाले बताउनुभयो । चन्द्रागिरी काठमाडौँ उपत्यकाभित्रकै सबैभन्दा ठूलो नगरपालिका हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *