महोत्तरीको एकडारामा जसपा निर्वाचित

राजनीति समाचार

काठमाडौं । महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ ।

अध्यक्षमा चार हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा चार हजार ६७१ मत प्राप्त गरी महजवी खातुन निर्वाचित हुनुभएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

अध्यक्ष पदका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी नेपालका रामछविला साहले दुई हजार ४११ र उपाध्यक्षमा सोही दलकी रुक्साना खातुनले दुई हजार ७६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत दीपककुमार खरेलले जानकारी दिनुभयो । गाउँपालिकामा जसपाले वडा नं  १, २, ३ र ६ मा तथा लोसपाले वडा नं ४ र ५ मा जीत हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *