काठमाडौंबाट ५० केजी हेरोइन बरामद

समाचार

काठमाडौं । नेपाल प्रहरीले काठमाडौंमा ५० केजी हेरोइन बरामद गरेको छ । प्रहरीको लागु औषध नियन्त्रण ब्यूरो लामो अपरेसनपछि अहिलेसम्मकै ठूलो परिमाणमा हेरोइन बरामद गरेको हो ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा गरिएको सर्च अपरेसनबाट हेरोइन बरामद गरिएको प्रहरीको भनाई रहेको छ । ।

आज दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गरेर यसबारे विस्तृत विवरण सार्वजनिक गर्ने ब्यूरोको तयारी रहेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *