सडक विभागमा कर्मचारीको बढुवामा असर

समाचार

काठमाडौं । सरकारले डोलिडारमा कार्यरत प्राविधिक कर्मचारीलाई सडक विभाग र सिंचाईं, खानेपानी मन्त्रालय मातहत राख्ने भएपछि सडक विभागमा धर्ना र जुलुस भइराखेको छ । सडक विभागमा डोलिडारका प्राविधिक कर्मचारी आएमा सडक विभागमा कार्यरत कर्मचारी बढुवाबाट वञ्चित हुने भएपछि सडक विभागमाा आन्दोलन चलिरहेको छ । किनकि डोलिडारबाट आएका प्राविधिक कर्मचारी सडक विभागमा कार्यरत कर्मचारीभन्दा सिनियर र जेष्ठताको आधारमा डोलिडारका प्राविधिक कर्मचारी बढुवा हुने र सडक विभागमा कार्यरत कर्मचारीलाई असर पर्ने हुँदा अहिले सडक विभागमा आन्दोलन गरिराखेका छन् । त्यतिमात्र नभएर डोलिडारका प्राविधिक कर्मचारी सिंचाई मन्त्रालय, सिंचाई विभाग, खानेपानी मन्त्रालयजस्ता ठाउँमा आएमा सिंचाई मन्त्रालय, सिंचाई विभाग, खानेपानी मन्त्रालय र खानेपानी विभागमा कार्यरत प्राविधिकबिचको सरुवा बढुवामा असर पर्ने भएपछि सडकका कर्मचारी, सिंचाईका कर्मचारी, खानेपानी मन्त्रालयका कर्मचारीले सडक विभागमा धर्ना र जुलुस गरिराखेका छन् ।
सरकारले पूर्वाधार विकास आयोजना डोलिडारलाई खारेज गरेर सडक, सिंचाई खानेपानी मन्त्रालय अन्तर्गत संघमा ल्याएर डोलिडारका कर्मचारीलाई व्यवस्थापन गर्नुपर्नै भएपछि सडक विभागका कर्मचारी सिंचाईं मन्त्रालय, खानेपानी मन्त्रालय अन्तर्गतका प्राविधिक कर्मचारीलाई टाउको दुखाईको विषय बनेको छ । यो टाउको दुखाई केही वर्ष पहिला पनि चलेको थियो । पछि सरकारले यथास्थानमा राखेर सो आन्दोलन स्थगित भएको थियो । अहिले गठबन्धन सरकारले डोलिडारका कर्मचारीलाई भौतिक पूर्वाधार मन्त्रालय र सो अन्तर्गत विभागमा समायोजना गर्ने भनेपछि प्राविधिक कर्मचारी बिच आन्दोलन सुरु भएको छ । डोलिडारका प्राविधिक कर्मचारी सडक विभाग र सिंचाई मन्त्रालय अन्तर्गत विभागजस्ता ठाउँमा आएमा स्वतः सडक, खानेपानी, सिंचाईका प्राविधिक कर्मचारीलाई असर पर्ने देखिन्छ । खासगरी पूर्वाधार विकास विभाग स्थानीय स्थानीय स्तरमा स्थानीय निकायहरुलाई प्राविधिक विषयको नीति नियम सहजीकरण, स्थानीय निकायलाई आफ्नो वृत्ति विकास गर्ने काम स्थानीय पूर्वाधार विकास विभागले गर्नुपर्नेमा सरकारले सिधै संघमा ल्याएर मिसाएको छ ।
सडक विभागले उत्तर–दक्षिणको सडकदेखि पूर्वपश्चिमको सडकसम्म संघले हेर्ने प्रावधान रहेको छ । संघको क्षेत्राधिकार भित्र पर्ने भएपछि स्थानीय पूर्वाधार विकास विभागलाई सिधै संघमा जोडिदिएको छ । यसको असर भविष्यमा पर्ने देखिन्छ । यसकारण भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सिंचाई, खानेपानीजस्तो निकायमा प्राविधिक कर्मचारीको आवश्यकता हेरी पविधिक खटाउने गरेको र अहिले सरकारले पूर्वाधार विकास विभागलाई सिधै संघमा मिलान गरेको अवस्था छ । यसको विरोधमा अहिले सडक विभागमा आन्दोलन चलिरहेको छ । सडकका कर्मचारीले आन्दोलन गरिराखेका छन् । यतिखेर आर्थिक वर्षको अन्तिम अवस्थामा सडक मर्मत र सुधारको कामलाई ध्यान नदिएर आन्दोलन गरिराखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *