कर्मचारी संगठनमा भाँडभैलो

समाचार

काठमाडौं । ब्यूरोक्रेसीभित्र भाँडभैलो सुरु हुन थालेको छ । सरकारले आगामी साउन १ गतेबाट करार ज्यालादारीमा रहेका कर्मचारीलाई हटाउने भएपछि कर्मचारीभित्र हल्लीखल्ली सुरु भएको छ । करारदेखि ज्यालादारीमा काम गर्ने कर्मचारी हटाउने योजना सरकारले ल्याएको छ । कर्मचारीका नेता भने निजामती ऐन लागू गरेर कर्मचारीको लागि भन्दै सभा सम्मेलन गरिराखेका छन् । नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला जिल्ला भ्रमण गरिराखेका छन् भने उता कर्मचारी यूनियनका अध्यक्ष गोपाल पोखरेल निजामती संघीय ऐन चाँडो लागू गर्ने भन्दै हिँडेका छन् । कर्मचारी नेता बन्ने कर्मचारीलाई दास बनाउने काम कर्मचारी नेताले नै गरेको कर्मचारीहरुले भन्ने गरेका छन् ।
हाम्रो संगठन केन्द्रदेखि नगर प्रदेशमा र संघमा बलियो छ भन्दै कांग्रेस निजामती कर्मचारी युनियनले भन्ने गरेको छ । हाम्रो संगठन सातओटै प्रदेशमा बलियो छ भन्दै उनले दाबी गरिराखेका छन् । यस्तै एमाले निजामती कर्मचारी संगठनका नेता लेखनाथ कोइराला भन्दैछन् हाम्रो संगठन एकदम बलियो छ, हामीले सबै प्रदेशमा संगठनमा बनाएका छौं भन्दै हिँडेका छन् । राष्ट्रिय कर्मचारी संगठनका नेता हरि रावल पनि हाम्रो संगठन बलियो छ भन्दैछन् । यस्तै नेपाल मधेसी निजामती कर्मचारी संगठनका अधयक्ष भुवनेश्वर सिंह पनि पहिलाको जस्तो छैन । हाम्रो संगठन बलियो छ भन्दै हिँडेका छन् । यस्तै एकीकृत समाजवादी पार्टीका सहकारी संगठनका नेता मोहन घिमिरे हाम्रो संगठनमा १५ हजारदेखि १६ हजार कर्मचारी हाम्रो संगठनमा आवद्ध रहेको भन्दै फेसबुकमा प्रचार गरिराखेका छन् । तर कर्मचारीका नेताले कर्मचारीको हक र अधिकारको विषयमा माखो नमारेको, कर्मचारीको नाममा राजनीति गर्ने र मन्त्रीलाई सहभागी गराउने, पत्रकार बोलाउने, टेलिभिजनदेखि पत्रपत्रिकामा फोटो छाप्ने र आफ्ना मान्छेलाई मालदार ठाउँमा पु¥याउने र गाडी चढ्ने, बेलुका भएपछि सोमरसमा रमाउने गरेका छन् । अनि कर्मचारी सरुवा बढुवामा खेल्ने काम गरेको छ । कर्मचारी नेताले भन्ने गरेका छन् । तपाईं हाम्रो पार्टीको सदस्य हुनुहन्छ, फलानो पार्टीको मान्छे, फलानो व्यक्तिलाई कुरा गर्नुस्, भएन भने म कुरा गरुँला भन्दै पन्छाउने काम कर्मचारी नेताले गर्दै आएका छन् । निजामती ऐन लागु गराउने भनेको ४ वर्ष भएको छ । तर अहिलेसम्म निजामती ऐन सरकारले लागु गराएको छैन । कर्मचारी नेता, मन्त्री र सचिव बैठकको बहाना गरी मोजमस्तीमा लाग्ने गरेको अवस्था छ । कर्मचारी नेता कार्यालयमा महिनामा १ पटक हाजिर गर्न जाने र देश दौडाहामा घुम्ने गरेका छन् । कर्मचारी नेताको घरघडेरी, गाडी, पजेरो, सरकारी तेल, सरकारी मोबिल, सरकारी ड्राइभर, सरकारी कर्मचारी पीए राखेर हिँड्ने गरेका छन् । तर स–साना कर्मचारीलाई पेलेका पेलै छन् । नासुदेखि उपसचिव, सहसचिवदेखि मालदार अड्डा हात पारेका छन् ।
अहिले कर्मचारीबिच मतभेद भएको छ । एउटा राजनीतिक पार्टीका कर्मचारीले अर्काे राजनीतिक पार्टीका कर्मचारीलाई गन्ने गरेका छैनन् र एकले अर्काे पार्टीको कर्मचारीबिच मतभेद चल्ने गरेको अवस्था छ । कर्मचारी नेताले मालदार ठाउँमा आफ्ना वरिपरिका व्यक्तिलाई पोसाउने काम कर्मचारी नेताले गरेको अन्य पीडित कर्मचारीको गुनासो नसुन्ने गरेको र कर्मचारी नेताको वरिपरि घुम्न नसक्ने कर्मचारी पीडित भएको गुनासा अहिले निजामती क्षेत्रमा चल्ने गरेको छ । यसरी नेताले भजाएर नेपाली जनतालाई दुख दिए जसरी कर्मचारी नेताले कर्मचारी वर्गलाई शोषण गरेको पीडित कर्मचारीले तामाकोशी सन्देशलाई बताएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *