राप्रपाले बोलायो केन्द्रीय समिति बैठक

राजनीति समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले केन्द्रीय समिति बैठक बोलाएको छ। साउन ५ र ६ गते काठमाडौंमा केन्द्रीय समिति बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले बताए । यसअघि असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक बोलाए पनि तयारी नपुगेको भन्दै राप्रपाले स्थगित गरेको थियो ।

मोहन श्रेष्ठअनुसार बैठकमा स्थानीय तह चुनावको समीक्षा, प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन तयारीलगायत विषयमा छलफल हुने छ। बैठकमा समसामयिक राजनीतिका विषयमा पनि छलफल हुने न श्रेष्ठले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *