महिला आयोगकी अध्यक्ष नै भ्रष्ट

समाचार

काठमाडौं । जेष्ठ नागरिकको सेवा गर्ने नाममा महिला आयोगकी अध्यक्ष कमला पराजुलीको भ्रष्टाचारले चर्चा पाइरहँदा नेपाली गरिब वृद्धवृद्धाको जीवनमाथि कति खेलवाड हुँदो रहेछ भन्ने प्रमाण शंकरापुर नगरभित्र इन्द्रायणीमा अलपत्र भएको वृद्धाश्रम हो । नेकपा एमालेको ओली खेमाकी नेतृ भएकी र संकल्प नेपाल नामक एनजीओ चलाएकी कमला पराजुलीले राज्यसँग ४० रोपनी जमिन लिएर वृद्धा आश्रम बनाउन पटक पटक गरी ७ करोड पनि लिइन । तर अहिले जेष्ठ नागरिक गृह अलपत्र छ । महिला आयोगकी अध्यक्ष कमला त्यहाँ गएकी छैनन् । त्यो ठाउँ बगरमा परिणत हुँदा स्थानीय बासीको खेती योग्य जमिन समेत बगर बन्दैछ । खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारले पराजुलीको संकल्प नेपाललाई सो जग्गा जेष्ठ नागरिक गृह निर्माण गर्ने गरी भोगाधिकार दिएको थियो । अहिले निर्माणाधीन अवस्थामा रहेको भवन अलपत्र मात्र छैन, ढलान फुटेको छ, पिलर ढलेको छ । राज्यसँग भवन बनाउन पैसा असुल्ने त्यो पैसाको सदुपयोग नगरी भ्रष्टाचार गर्नेले कसरी पीडित महिलाको सेवा गर्छन ? स्थानीयबासीहरुले कमला पराजुलीमाथि प्रश्न उठाएका छन् ।
पराजुलीले निर्माणको काम अलपत्र पारेको भवनबाट विद्युत प्राधिकरणले विद्युत महसुलसमेत नपाएको बताइन्छ । शंकरापुर नगरपालिकाको यसपटक राप्रपा प्रमुख पद भएको छ । तर जनप्रतिनिधिहरुको बाहुल्य एमालेकै छ । एमालेकै नाममा महिला आयोगको अध्यक्ष बनेकी कमला पराजुलीले देखाएको लिच्चड व्यवहारको भण्डाफोर गर्ने आँट स्थानीय पार्टी कमिटिीमा हुनुपर्छ । सरकारी जमिन कब्जा गरेर नेताको नाममा भवन बनाउने, एनजीओ खडा गर्ने हिम्मत भएको पार्टी भनेकै एमाले हो भन्न थालेका छन् । कार्यकर्ताले लाज मान्ने गरेका छन् । त्यसको भ्रष्टाचार र नीतिगत तहमा त हुन्थ्यो । महिला आयोगकी अध्यक्षले वृद्धवृद्धाको नाममा पनि भ्रष्टाचार गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *