सुपका अध्यक्षले गरे पार्टी परित्याग

राजनीति समाचार

काठमाडौं । अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले आज पार्टी पुनर्गठन दिवस मनाउने तयारी गरिरहेका बेला सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रमबहादुर शाहीले भने पार्टी परित्यागको घोषणा गरेका छन् । उनले आज सामाजिक सञ्जालमा लेख्दै एकिकृत समाजवादी परित्यागको घोषणा गरेका हुन् ।

पार्टीको सातौं स्थायी कमिटी बैठकले शाहीलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो । विगत ५र६ महिनादेखि पार्टी काम छाडेर निष्क्रिय रहेको भन्दे आजबाट कुनै दलसँग आवद्ध नरहेको घोषणा शाहीले गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले भनेका छन्, ‘२०५४ सालमा वामदेव‘फुट्बाट पनि शक्ति प्राप्त हुन्छ’ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरु हौसिँदै उनको पछि लागे । गत वर्षपनि पुनर्गठनका नाममा माधव नेपालको नेतृतवमा पार्टी विभाजन भयो त्यसको पछाडि लाग्नेमा म पनि थिएँ ।’

पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुलाई मात्रै फाइदा पुर्याएको शाहीको विश्लेषण छ । ‘पार्टी विभाजनले कांग्रेस लगायत पश्चिमा पुँजीवादीहरुको नै फाइदा पुर्यायो,’ शाहीले भनेका छन्, ‘त्यसवापदको पछुतो र आत्मग्लानि भएको छ ।’

उनले आजको मितिबाट कुनै दलसँग आवद्ध नभएको घोषणा गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *