जसपाका भाग्यमानी मन्त्री राजेन्द्र !

समाचार

काठमाडौं । आन्तरिक लडाइँ सत्ताको तालेमलमै रमाएका बौद्धिक नेता डा.बाबुराम भट्टराईलाई पार्टी फुटाएर जान झन् सकस भएको छ । उनीसँगै रहेका इस्तियाक राई भौतिक पूर्वाधार मन्त्री भए । भौतिबाट रेणु यादवलाई हटाइयो । कृषि मन्त्रीमा मृगेन्द्रकुमार सिंह यादवलाई ल्याइयो । महेन्द्र राय यादव हटाइए भने वनमन्त्री रामसहाय यादवको ठाउँमा प्रदीप यादव पुगेका छन् । तर अशोक राईको कोटाका राजेन्द्रप्रसाद श्रेष्ठको पद भने जोगियो । राजेन्द्रले कर्मचारी सरुवामा भाँडभैलो गरेको आरोप छ । सिद्धान्त र विचारको लडाइँभन्दा स्वार्थको लडाइँ नै यो बेलाको रमाइलो पक्ष बन्दैछ । विपक्षीले यो जात्रामा चुड्की मारेको छ । मन्त्री फेर्ने रोग कांग्रेसमा पनि सर्छ, माओवादीमा झन् दन्कने अवस्था छ ।
अध्यक्ष उपेन्द्र र परिषद् अध्यक्ष भट्टराईले नै सल्लाह गरेर पार्टी विभाजनको साइत कुर्दैछन् । सिद्धान्त र विचारको ख्याल छैन । सत्ता र शक्तिको भागवण्डाले पार्टीमा हैकम प्रदर्शन गर्नेलहडमा जनता समाजवादी पार्टी पनि फस्यो । जसपाभित्र केन्द्रीय समिति र कार्यकारिणी परिषद् रहेका छन् । उपेन्द्र यादव पार्टीको अध्यक्ष र डा.बाबुराम भट्टराई संघीय परिषद्को अध्यक्ष छन् । तर दुवैको फरक फरक नेतृत्वले एकै प्रकारको अवधारणा ल्याएका छैनन् । २०७४ सालमा कांग्रेसको सहयोगले गोरखा र रसुवामा प्रत्यक्ष टिकट लिएका र गोरखा २ बाट बाबुरामले चुनाव जितेका डाक्टरलाई आगामी चुनाव सहज छैन । किनकी गोरखाको स्थानीय चुनावमा माओवादीसँग शत्रुता देखावएर जसपाले कित्ताकाट गरिसकेको छ ।
अशोक राईले बाबुरामलाई नै सहयोग गरेका छन् । उनीसँग महेन्द्र राय यादव, राजकिशोर यादव छन् । डा. भट्टराई नेता हुन्, संगठक होइनन् । गोरखालाई थातथलो बनाएपनि डाक्टरको हैसियत छैन । अमृता अग्हरी, उमेश राई पनि त्यतै छन् । नारायणकाजी पनि आँफै उपस्थित भएर वडा सदस्य जिताउन सक्ने ठाउँ भएन । डा.भट्टराई र काजी २०७४ सालमा प्रतिस्पर्धी पनि भए । फरक पार्टीमा लागेपछि एकले अर्काको खेदो खनेकै कारण दुबैलाई बलियो जनाधार भएको भनिन्छ । जनाधार नहुँदा ठूलो नेता बौद्धिक व्यवस्थापक भएर पनि डा.भट्टराईलाई कठै भन्ने अवस्था छैन । उपेन्द्र यादवले बोलेको पनि त्यही हो । अहिले द्वन्द्वमा नफसेका कुनै दल छैनन् । एमाले भित्र केपी ओलीको बादशाहकरण जागेको छ । माओवादीभित्र अध्यक्षबाहेक अरु पद खालीै छ । आकांक्षी धेरै हुँदा २९९ केन्द्रीय समितिभित्र चुनाव गरेर महासचिव सचिव सात प्रदेश कमाण्डर छनौट गर्न पनि त्यतै भिडन्त छ । समाजवादीमा मन्त्री फेर्दा देखिएको भिडन्तले त्यहाँ कति निच नेता रहेछन् भन्ने कुरा छर्लंग भयो । जसपा भित्र त्यस्तै छ ।
महाधिवेशनबाट एमालेले सबै चुन्छ, कांग्रेसले सबै चुन्छ, माओवादी महाधिवेशन गर्छ । अध्यक्ष सर्वसम्मत, केन्द्रीय सदस्य सर्वसम्मत गर्छ, तर वरिष्ठ उपाध्यक्षमा विवाद छैन । तर महासचिवमा विवाद छ । जसपामा त्यो भन्दा बढी लडाइँको शक्तिशाली भन्ने नै हो । अहिले समकक्षी अध्यक्ष अशोक राईलाई बनाउन डाक्टरले दबाब दिएका छन् । उपेन्द्रले भने मानेका छैनन् । उपेन्द्र यादवले जसपाभित्रको एकीकृत रुपलाई बहुमत बनाएर राखेका छन् । त्यहाँ न त पार्टी विभाजनमा डाक्टरको टोलीले गणपूरक संख्या लिन सक्छ, न त आफ्ना कुरा पार्टीमा स्थापित गराउन सक्छ । त्यही कारण जसपा भित्र प्रतिष्ठाको लडाइँ चर्केको हो । उनीहरुले सल्लाह गरेर फरक पार्टी बनाउने भन्दैछन् । तर जोखना दुबैले हेरेका छन् । उनीहरुका मन्त्री पूनर्गठन भएका छन् । अबका दिनमा मन्त्रीको चुरिफुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *