-यापरको सालिकमा मेयरको पुरुषार्थ

राजनीति समाचार

काठमाडौं । गत वैशाख ३० सम्पन्न स्थानीय निर्वाचनमा काठमाडौं महानगरमा बालेन्द्र शाह, धरान उपमहानगरमा हर्क साङपाङ यसैगरी जनकपुर उपमहानगरमा मनोजकुमार साह र धनगढी उपमहानगरमा गोपाल हमाल स्वतन्त्र हैसियतबाट मेयरमा निर्वाचित भएका थिए ।

धनगढीमा र जनकपुरमा मेयरमा निर्वाचित भएका हमाल र साहको पृष्ठभूमि राजनीतिक भएपनि काठमाडौं महानगर र धरान उपमहानगरमने मेयरमा निर्वाचित भएका हर्क साङपाङको विगत भने कुनै पनि राजनीतिक दलसँग सम्बन्धित थिएन ।

यही कारणले गर्दा काठमाडौं महानगरको र धरान उपमहानगरको मेयरमा स्वतन्त्र हैसियतबाट निर्वाचित भएका बालेन्द्र शाह र हर्क साङपाङ चर्चा अहिले पनि हुने गरेको छ । मेयरमा निर्वाचित भएलगत्तै साङपाङले लामोसमयदेखि धरानले भोग्दै आएको खानेपानीको समस्या समाधान गर्न आफै संलग्न भएर खोलाबाट पानी धराननगरसम्म पु¥याउने कार्यमा लागिपरिराखेका छन् ।

उनको यो कार्यर्ला धरानवासीले यथेष्ट सहयोग गरिराखेका छन् । यही कारणले अहिले धेरै हदसम्म धरानमा खानेपानीको समस्या समाधान भएको छ । यसैगरी धरान उपमहानगरका मेयर साङपाङले आफ्नो लागि प्राप्त हुने सुविधाको सरकारी मोटर नचढ्ने र उक्त मोटरलाई एम्बुलेन्स बनाएर जनताको सेवामा लगाउने घोषणा गरिसकेका छन् ।

यता काठमाडौंमा भने स्वतन्त्र हैसियतबाट मेयरमा निर्वाचित भएका बालेन्द्र शाहले सडकमा व्यापार गरेर हातमुख जोड्ने तल्ला तहका जनतालाई भगाएर आफ्नो बहादुरी देखाएका थिए भने महानगरका जटिल समस्या र चुनौतिलाई बेवास्ता गर्दै मेयर शाह आफ्नो खर्चमा स्वर्गीय ¥यापर यम बुद्धको सालिक बनाउन जोडतोडका साथ लागिपरेका छन् ।

मेयर शाह ¥यापरको बुद्धको सालिक महानगरकै बजेटबाट बनाउने गरी आगामी वर्षको वार्षिक कार्यक्रममा समावेश गरेका थिए । तर, मेयर शाहको कार्यप्रति चौतर्फी आलोचना भएपछि आफ्नै खर्चले स्वर्गीय ¥यापर यम बुद्धको सालिक बनाउने भएका छन् ।

मोरङको सलकपुरमा २०४४ सालमा अनिल अधिकारीको नाममा जन्मिएका ¥यापरको बुद्धको निधन २०७३ सालमा २९ वर्षको उमेरमा आत्महत्याबाट भएको थियो । उनै स्वार्गीय ¥यापरलाई उच्च सम्मान दिन अहिले काठमाडौंका मेयर बालेन्द्र शाह न्वारनदेखिको बल निकालेर लागिपरेका छन् । यसरी काठमाडौंवासीलाई हँसाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *