प्रधानमन्त्रीले मागे गर्भनरको राजीनमा

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको राजीनामा मागेका छन् । आज बसेको सत्ता गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवाले गभर्नर अधिकारीले राजीनामा दिनु पर्ने बताएका हुन् ।

‘प्रश्न उठिसकेपछि राजीनामा दिएर सहयोग गर्नुपर्ने हो, उहाँले दिनुहुन्छ होला र दिनुपर्छ पनि,’ गठबनधनको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन् । प्रधानमन्त्रीका सरकारी निवास बालुवाटारमा बसिरहेको बैठकमा गठबन्धनका नेताहरूले गभर्नरमाथि उठेको प्रश्नबारे कुरा निकालेपछि प्रधानमन्त्री देउवाले राजीनामा दिनु पर्ने बताएका हुन् ।

तत्कालीन एमाले सरकारको पालामा गभर्नर बनाइएका अधिकारी जनार्दन शर्माले आफू अर्थमन्त्री हुँदै हटाउन चाहेका थिए । तर सर्वोच्च अदालतले गभर्नर अधिकारीलाई फर्काइदियो ।

सडकमा माओवादी कार्यकर्ताले राजीनामा मागेर प्रदर्शन गर्दा सदनमा माओवादीकै सांसदले गभर्नरविरुद्ध कुरा उठाइरहेका छन् । गभर्नरको राजीनामा माग गर्दै शुक्रबार नेपाल विद्यार्थी संघले समेत प्रदर्शन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *