खानेपानी उपभोक्ता संस्थाका अध्यक्षलाई दलियो कालोमोसो

समाचार

काठमाडौं । युवा जनस्वयंसेवक नेपालका कार्यकर्ताहरुले कोहलपुर बृहत् सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष नर बहादुर मल्ललाई कालोमोसो दलेका छन् । युवा जनस्वयंसेवक नेपाल कर्णाली ब्युरोले विज्ञप्ति जारी गरेर कोहलपुर खानेपानीका अध्यक्ष मल्ललाई कालोमोसो दलिएको जनाएको हो ।

घटनाको जिम्मेवारी लिदै जारी गरिएको विज्ञप्तिमा कोहलपुर बृहत् सहरी खानेपानी उपभोक्ता संस्थामा विगत केही समय यता उपभोक्ताहरूबाट त्यहाँ भइरहेको अनियमितता बारे खबरदारी गर्दा पनि उक्त हर्कत नसच्याएको र उल्टै सोही संस्थाका अध्यक्ष नरबहादुर मल्लले उपभोक्तालाई धम्की दिने गरेको साथै संस्थामा थुप्रै खाले अनिमियतता भएकाले चेतावनी स्वरूप हाम्रो संगठनले कालो मोसो दली सांकेतिक कारबाही गरेको जनाएको छ ।

सोमबार दिउँसोको समयमा दिउसो कार्यालय समयमा आएका ४ जनाको समूहले कालो मोसो दलेर फरार भएको अध्यक्ष मल्लले जानकारी दिए । खानेपानीका विषयमा अध्यक्ष संग कुरा गर्नु छ, भन्दै कार्यालयमा आएको समूहले सुरुमा कोहलपुर १० को खानेपानी समस्या बारे कुरा गरेको र त्यसपछि कालोमोसो दलेर फरार भएको उनले बताए ।

कालोमोसो दल्ने समूहको खोजी भई रहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । दिउसो २ बजे एक समूहले कालो मोसो दलेको सूचना पाए लगतै घटनाको अनुसन्धान सुरु गरिएको र संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *