पार्टीको दास कति बन्छौ कार्यकर्ता ?

समाचार

सविन बस्नेत
काठमाडौं । गठबन्धन सरकार गठनभएको एक वर्ष भन्दा बढी भइसहेको छ । सरकारले गर्ने काम भन्दा बढी बिवादै विवादमा बितेको छ । सुशासन र भ्रष्टाचार रहित सरकार बन्न सकेको छैन । जताततै विकृति, विसंकतिको चाङ लाग्ने गरेको छ । राजनीतिक दल आफ्नै तालमा रमाएका छन् । सरकारले आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनाव घोषणा गरिसकेको छ । राजनीतिक पार्र्टीले आफ्नो चुनावी गतिविधि अगाडि बढाउन थालिसकेका छन् । पार्र्टी संगठनमा लागेका छन् । राजनीतिक दलका नेताले राजनीतिक दलले कार्यकर्तालाई बोका बनाइरहेका छन् । कार्यकर्ता पनि होमा हो मिलाएर संगठन विस्तारतिर लागिपरेका छन् । जुनसुकै पार्र्टीको सरकार बनेपनि नेपाली जनतालाई भ्यागुताको धार्नी भएको छ । सरकार बनेपछि महंगी, भ्रष्टाचार, बेथितिले व्याप्त सरकार चलाउने गरेका छन् । पार्र्टीका नेता, मन्त्री हुन् कि बिचौलिया हुन् भन्ने नेपाली जनतालाई जानकारी हुँदैन । अहिले गठबन्धन सरकार सञ्चालनमा रहेको छ । तर, वामपन्थी नेताले कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएका छन् । माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी, जनमोर्चा जस्ता पार्र्टीका नेता प्रधानमन्त्री शेरबहादुरको पुच्छर भएका छन् । प्रधानमन्त्रीले राज्यको सम्पत्तिमा मोजमस्ती गरेका छन् । वामपन्थी नेता यसमा रमाएका छन् । कर्मचारी सरुवा, बढुवा कांग्रेसकै भएको छ । एमालेका कर्मचारीले माओवादी र यसका मन्त्रीलाई घुमाइफिराई बद्नाम गरेका छन् । कांग्रेसका मन्त्रीले भ्रष्टाचार गरेका छन् । जनताको काममा बाधा अड्चन ल्याएका छन् । प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवहरु प्रधानमन्त्री शेरबहादुर देउवाको पछिपछि लागेका छन् । आगामी मंसिर ४ गते संघ र प्रदेशको चुनावमा गठबन्धन बनाएर लड्ने भन्दै छन् । अहिले गठबन्धन दलहरु सिट बाँडफाडमा लागेका छन् । त्यसमा कांग्रेसले ८०–९० सिट मागेको छ । यसमा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले कति कति सिट प्रत्यक्षमा भाग पाउँछन् भन्ने केही जानकारी छैन । तर, गठबन्धन गरेर चुनावमा जाने भनेका छन् । के यी राजनीतिक दलहरु एक्लाएक्लै चुनावमा जान सक्दैनन् ? राजनीतिक दलका नेताले जनता र देशको हितमा काम गरेको भए यसरी विभिन्न राजनीतिक दल मिलेर गठबन्धन गरेर चुनावमा जानुपथ्र्यो ? राजनीतिक दलका नेताले लाखौं खर्च गरेर चुनाव जित्ने गरेका छन् । चुनाव जितेपछि मन्त्री बन्नलाई विभिन्न शक्तिकेन्द्र धाएर मन्त्री बन्छन् । मन्त्री बनेपछि नेपाली जनता र देशको कामभन्दा बढी आफ्ना नातागोतादेखि भाइभतिजा, श्रीमती, सालासाली, जेठान, सालासम्मलाई मालदार मन्त्रालयमा राख्ने गरेका छन् । पार्र्टीका कार्यकर्तालाई बिर्सिने गरेका छन् । मन्त्री बनेपछि खुराफात गर्ने काम नगर्ने, मन्त्रीलाई बिचौलियाले प्रयोग गर्ने र बिचौलियाले आफ्नो काम फत्ते गर्ने, कमिसन दिने, खाने चलन रहिरहेको छ । मन्त्रीले समालेका मन्त्रालयमा अहिलेसम्म राम्रो काम यो मन्त्रीको पालामा गरेको भन्ने समाचार आएको छैन । खाली यो मन्त्रीले भ्रष्टाचार ग¥यो, त्यो मन्त्रीले यति खायो भन्ने समाचार पत्रपत्रिकादेखि टेलिभिजन, अनलाइन र अन्य सञ्चारमाध्यमहरुमा छ्यापछ्यापी आएकै छ । पार्र्टी संगठन कार्यकर्ताले बनाइदिनुपर्ने र पार्र्टीका कार्यकर्ताले सांसद, मन्त्री बनाइदिनुपर्ने । पार्र्टीका कार्यकर्तालाई वास्ता नगर्ने बरु पार्र्टीका कार्यकर्ताबाट लेबी उठाउने र गाडी चढ्ने, चुनाव खर्च लिने गरेका छन् । राजनीतिक पार्र्टीले चुनावको बेलामा आफ्ना जिल्लाका व्यापारी, बुद्धीजीवी, वकिल, पत्रकार र जनतालाई भुल्याउँदै मैले चुनाव जितेपछि तपाईंको समस्या समाधान गर्छु भन्दै माग्ने र चुनावमा खर्च गर्ने गरेका छन् । चुनाव जितेपछि यी सबैला बिर्सिने गर्दछन् । अझ चुनाव हारेका नेताको त कुरै नगरौं । यसरी राजनीतिक पार्र्टीले कार्यकर्तालाई दास बनाउने गरेका छन् । यसैको परिणाम स्वरुप अहिले सबै राजनीतिक पार्र्टीका नेताले कार्यकर्तालाई दास बनाएपछि राजनीतिक पार्र्टीभित्र विचलन आएको छ । अभैmपनि पार्र्टीभित्र विचलन हुने अवस्था रहेको छ । कार्यकर्तापनि राजनीतिक पार्र्टीको दास बन्नबाट टाढा रहनुपर्ने भएको छ । राजनीतिक पार्र्टीका कार्यकर्ता भएर वर्षौं बस्दासमेत पार्र्टीले र नेताले तिनको रोजीरोटीको जोहो गर्न छाडेका कारण अहिले भद्रगोल भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *