पौडेल र देउवाबिच बोलचाल बन्द

समाचार

काठमाडौं । निर्वाचनको मिति नजिकिँदै जाँदा सरकार र गठबन्धनको नेतृत्व गरी राखेको नेपाली कांग्रेसलाई भने चुनावलाई नै लिएर विवाद बढ्न थालेको छ । कृष्ण सिटौला नेतृत्वको कार्यदलले आफ्नो प्रतिवेदन बुझाउनै लाग्दा र पार्टीले आगामी आम निर्वाचनका लागि उम्मेदवार तय गर्न अन्तिम गृहकार्य गरी रहँदा नेपाली कांग्रेसमा विवाद बढ्न थालेको र संस्थापना पक्ष माथि इतर पक्षले दवाव बढाउन थालेको छ । यही क्रममा शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षले बत्तीसपुतलीको एउटा पार्टी प्यालेसमा आफ्नो पक्षको कार्यकर्ताको दुई दिने भेला सम्पन्न गरेको छ । शेखर कोइराला नेतृत्वको संस्थापना इतर पक्षले आागमी संघीय र प्रदेश निर्वाचनमा विना पक्षपात उम्मेदवार तय हुनुपर्ने तथा पार्टीका विभिन्न भातृ संगठनमा रिक्त रहेका पदाधिकारीहरुको चयन पनि विना भेदभाव तत्काल हुनुपर्ने निर्णय समेत गरेको छ । संस्थापना इतर पक्षले आगामी आम निर्वाचनलाई ध्यानमा राखेर यसरी दवाव बढाउन थालेपछि सहमतिको बाटो खोज्दै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले इतर पक्षका नेता शेखर कोइरालासँग वार्ता गरेका छन् । दुई पक्ष बीचको तनाव कम गर्न प्रधानमन्त्री देउवाले शेखर कोइरालासँग वार्ता गरेको बताइन्छ ।
उता १४ औं महाधिवेशनको नेतृत्व चयन सँगै संस्थापना इतर पक्षबाट बाहिरिएर प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग नजिक हुन पुगेका रामचन्द्र पौडेल केही दिनयताबाट सभापति देउवासँग रुष्ट बन्न पुगेका छन् । आम निर्वाचनपछि राष्ट्रपतिको अकांक्षी रहेका नेता रामचन्द्र पौडेल सभापति देउवा स्वयम्ले आम निर्वाचनपछि राष्ट्रपति हुने योजना बनाएन थालेको भन्दै उनी सभापति देउवासँग टाढा हुन थालेका हुन् । यो विवाद बढ्न थालेपछि अहिले नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा पार्टी सभापति देउवासँग टेलिफोन वार्ता समेत गरेका छैनन् भनिन्छ । आफूहरु बीचको दूरी बढिरहँदा प्रधानमन्त्री देउवाले प्रत्यक्ष तर्फको संघीय संसदको सिट भागबण्डाका लागि गठन गरेको कार्यदलमा कृष्ण सिटौलालाई समावेश गरेकोमा पौडेल थप रुष्ट बन्न पुगेका छन् । भनिन्छ । स्मरण रहोस् सभापति देउवाले सम्पन्न स्थानीय निर्वाचनको अनुगमन तथा परिचालन गर्नका लागि पौडेललाई जिम्मेवारी दिएका थिए । तर अहिले भने प्रधानमन्त्री देउवाले क्रमशः आफूलाई किनार पार्न थालेको र राष्ट्रपति पनि ताकेको भन्दै नेता पौडेल सभापति देउवासँग रुष्ट बन्न पुगेका छन् । उता गठबन्धनका नेताहरुका बीचमा भएको प्रारम्भिक सहमतिले आगामी आम निर्वाचनमा गठबन्धनो तर्फबाट तनहुँमा गठबन्धनको तर्फबाट आफू उम्मेदवार हुन नपाउने स्थिति बन्न थालेपछि पौडेल थप रुष्ट बन्न पुगेका छन् । केही दिन अगाडि बसेको गठबन्धनका शीर्ष नेताको बैठकले सम्पन्न आम निर्वाचनको प्रत्यक्ष तर्फ गठबन्धनका दलले जितेको क्षेत्रमा त्यही दलका उम्मेदवारलाई प्रस्तुत गर्ने र नेकपा एमालेले प्रत्यक्ष तर्फ विजय गरेको असी स्थानमा भने भागबण्डा गर्ने सहमति भएको छ । सम्पन्न आम निर्वाचनमा तनहुँमा कांग्रेस उम्मेदवार पौडेललाई पराजित गर्दै अहिले एकीकृत समाजवादीमा रहेका कृष्ण कुमार श्रेष्ठले विजय हात पारेका थिए र यो सहमति अनुसार तनहुँ एकीकृत समाजवादीको पक्षमा जाने छ र कांग्रेसको तर्फबाट पौडेलले आफ्नो परम्परागत यो सिटमा उम्मेदवारी दिने पाउने छैनन् । आफ्नो परम्परागत सिटमा पनि उम्मेदवारी दिन नपाउने र राष्ट्रपति हुने सम्भावना पनि नरहेन भएपनि नेता पौडेल सभापति देउवासँग रुष्ट बन्दै बोलचाल समेत बन्द गरेको हुन् भनिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *