डेंगु नियन्त्रण र रोकथाममा सरकार असफल

समाचार

काठमाडौं । अहिले अधिकांश नेपालीहरु डेङ्गु रोगबाट ग्रसित भएका छन् । सरकारले डेङ्गु रोगको रोकथाम र नियन्त्रण गर्न सकेको छैन । अधिकांश नेपालीहरु जरोको कारण विमारी भएका छन् । अस्पतालहरु डेंगु रोगका विरामीहरुले भरीभराउँ भएका छन् । बजारमा पर्याप्त मात्रामा सिटामोलसमेत पाइएको छैन । सिटामोल भए तापनि सिटामोलले काम गरेको छैन । दिनदिनै विरामी बढ्दै गइरहेका छन् । सरकार भने मुकदर्शक बनेर रमिते बनिरहेको छ । डेङ्गु नियन्त्रण गर्न सकेको छैन ।
नेपालमा हरेकदिन डेङ्गु संक्रमणका रोगीहरु बढ्दै गएको देखिन्छ । स्वास्थ्य मन्त्रालयले यसको रोकथामको उपाय खोज्न सकेको छैन । डेङ्गु रोग हो कि अन्य महामारी हो भनेर सरकारले पत्ता लगाउन पनि सकेको छैन । खाली डेङ्गु हो भन्दै लामखुट्टेको टोकाइबाट बचौँ, पुरा कपडा लगाऔँ, र रोगबाट बचौँ भन्ने भनाइभन्दा अन्य काम सरकारले गर्न सकेको छैन । अहिले ७७ वटै जिल्लामा डेङ्गुका रोगीहरु बढेका छन् । देशभर डेङ्गुका विरामी अस्पतालमा धाइरहेका छन् । अस्पतालमा धाएर पनि उनीहरुले सर्वसुलभ उपचार पाउन सकेका छैनन् । अधिकांश विरामी अस्पतालमा नगएर मेडिकल र औषधि पसलमा सिटामोल किन्नको लागि भिड लाग्ने गरेको देखिन्छ । तर, सिटामोलले काम गर्दैन भन्दै विरामी अस्पतालमा धाउन थालेका छन् ।
विरामीले अस्पतालमा सेवा पाएको अवस्था छैन । डेङ्गुको औषधी भनेको सिटामोल हो भन्दै चिकित्सकहरुले सिटामोल खान दिने गरेको अवस्था छ । विरामीहरुले बेड नपाएर घरमै उपचार गराइरहेका छन् । यसप्रति स्वास्थ्य मन्त्री बेखबर जस्तै बनेका छन् । अन्य मन्त्री तथा सम्बन्धित निकायहरुले पनि कुनै चासो देखाएका छैनन् । नेपालीहरुको घरआँगनमा चाडवाड आइसकेको छ । डेङ्गुका रोगीहरुले गाउँघर भरिभराउ भएका छन् । सरकारले रोग नियन्त्रण गर्न सकेको छैन । अस्पतालमा डाक्टरहरुले खासै ध्यान दिएको देखिँदैन । बिरामीहरुलाई डाक्टरहरु खेलाची गर्दै आएका छन् । अधिकांश बिरामीहरु औषधीले काम नगरेपछि अन्य औषधिको विकल्पको खोजीमा लाग्न थालेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *