महालक्ष्मी विकास बैंकको ३० हजार कित्ता संस्थापक सेयर बिक्रीमा

अर्थ/वाणिज्य समाचार

काठमाडौं । बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको ३० हजार १ सय ८ कित्ता सेयर बिक्री गर्ने भएको हो।

बैंकले उक्त सेयर खरिदका लागि पहिलो प्राथामिकतामा संस्थापक सेयरधनीहरुलाई राखेको छ। खरिदमा इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिन सक्नेछन्।

आवेदन फाराम बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग काठमाडौंबाट प्राप्त गर्न तथा बुझाउन सकिन्छ।

तोकेको म्यादभित्र संस्थापक सेयरधनीहरु मध्येबाट कसैले सम्पर्क नगरे नआए उक्त सेयर बिक्रीका लागि सर्वसाधारणका लागि आवेदन खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *