व्यापारी, ठेकेदार, मेनवापर सञ्चालहरुले जित्लान् त चुनाव ?

Uncategorized

काठमाडौं । अधिकांश राजनीतिक दलहरुले संघ र प्रदेश निर्वाचनलाई मध्यनजर गरी प्रतिनिधिसभा र प्रदेशसभाको लागि व्यापारी, उद्योगी, पर्यटन क्षेत्रमा लगानी गर्ने देखि ठेकेदारहरुलाई उम्मेदवार बनाएका छन् । यस्तै मेनपावर व्यवसाय सञ्चालन गर्ने समूहलाई प्रदेश निर्वाचनमा खडा गरेका छन् । यसैगरी मेनपावर सञ्चालन गर्ने एलपी सावा लिम्बु र कांग्रेसका उमेश श्रेष्ठ व्यापारी हुन् भने उमेश श्रेष्ठको लगानी शिक्षा पर्यटन उर्जा जस्ता क्षेत्रमा लगानी गरेका छन् । उता, अरबपति डलरे भनेर चिनिएका विनोद चौधरीले चाउचाउदेखि अन्य क्षेत्रमा लागनी गरेर कमाएको पैसाले अरबपति बनेका विनोद चौधरीलाई कांग्रेसले तत्कालिन निर्वाचनमा समानुपातिक सांसद बनाएका थिए भने उनी संघको निर्वाचनमा होमिएका छन् । यस्तै ठेकेदारको नामले कहलिएका बिक्रम पाण्डे राप्रपा नेपालबाट चितवन क्षेत्रको उम्मेदवार बनेका छन् । बिक्रम पाण्डे भने ठेकेदार मात्र नभएर पाण्डेले सञ्चार क्षेत्रमा समेत लगानी गरेका छन्् । पाण्डे २०७४ सालमा निर्वाचनमा पनि उम्मेदवारी बनेका थिए भने सो निर्वाचनमा उनी पराजित भएका थिए । अहिले नेकपा एमालेसँग सहकार्य गरेर निर्वाचनमा होमिएका छन् । नेकपा एमालेको गठबन्धन र सत्ता गठबन्धनबिच प्रतिस्पर्धा हुने देखिन्छ । यसैगरी एमालेबाट एलपी सावा लिम्बुले मेनपावर छाडेर उर्जा क्षेत्रमा लगानी गरेका छन् । उता, विपक्ष दल नेकपा एमाले गठबन्धनले प्रभु बंैकका अध्यक्ष देवी भट्टचन्दलाई समानुपातिक सूचीमा राखेको छ भने व्यवसायमा समेत लगानी रहेको बताइन्छ । यसैगरी नुवाकोटबाट स्वतन्त्र उम्मेदवार बनेका ठेकेदारहरु पनि उम्मेदवार बनेका छन् ।
यसैगरी मोहन आचार्य निर्माण व्यवसायमा लागेर अहिले राजनीतिमा होमिएका छन् । उता, जनता समाजवादी पार्टीबाट विरेन्द्र महतो एनआरएनका अध्यक्षसमेत रहेका छन् भने माछापुछ्रे बैंकका अध्यक्ष पनि छन् । यसैगरी मेडिकल सञ्चालन गर्ने सञ्चालकहरुमा सुनिता शर्माको तीन वटा मेडिकल कलेज छन् । उनलाई मेडिकल माफिया भनेर आरोप लाग्ने गरेको छ । तर, सुनिता प्रतिनिधिसभाको उम्मेदवारी बनेकी छन् । यसैगरी निर्माण व्यवसायीमा ख्याती कमाएका कांग्रेस नेता कान्छाराम भनेर चिनिएका अरबौंको ठेक्का हात पार्ने, राजनीति दलका नेता देखि केहि पत्रकारहरुलाई पाल्ने,चन्दा दिने काम गर्दै आइरहेका थिए । कान्छाराम तामाङले कांग्रेस नेता विमलेन्द्र निधिलाइ आफ्नो घर उपहार दिएर २०७४ सालको आमनिर्वाचनमा टिकट फुत्काएका थिए । । तर, बाम एकता भएको कारणले उनले जित्न सकेका थिएनन् । उनले यसपाली पनि टिकट फुत्काएर उम्मेदवारी बनेका छन् । अहिले पनि कांग्रेस पार्टीले कान्छाराम तामाङलाई संघको उम्मेदवारी बनाएको छ । रामेछापमा कान्छाराम तामाङ र नेकपा एमालेका नेता कैलाश ढुङ्गेलबिच कडा प्रतिस्पर्धा हुदैँछ । यसैगरी किसानकुमार श्रेष्ठ पनि मेनपावर व्यवसायी रहेका थिए र उनी श्रम तथा रोजगार मन्त्री समेत भएका व्यक्ति हुन् । किसन श्रेष्ठले जग्गाको काम पनि गर्दै आएका छन् । उता, श्रेष्ठ पनि चुनावी माहोलमा होमिएका छन् । त्यसैगरी विरगञ्जका व्यसायी चलाउने अनिल रुगट विरगञ्ज एरियामा अवैध धन्दा चलाउने गरेको आरोप लाग्ने गरेको छ । उनी पनि निर्वाचनमा होमिएका छन् । अहिले प्रायःजसो अधिकांश राजनीतिक दलभित्र व्यापार, व्यवसाय, ठेकेदारदेखि जग्गा प्लटिङ गर्ने, मेनपावर सञ्चालन गर्ने जस्ता उम्मेदवारहरु पनि चुनावी मैदानमा उत्रिएका छन् । यीनीहरुले आगामी मंसिर ४ मा हुने संघ र प्रदेश निर्वाचनमा जित्ने हुन् या पराजय हुने हुन् यकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *