गुल्मी १ मा प्रदीप ज्ञवाली किन हारे ?

समाचार

काठमाडौं । गत मंसिर ४ मा सम्पन्न संघ र प्रदेशह निर्वाचनमा गुल्मी १ मा सत्तागठबन्धनबाट कांग्रेस चन्द्र भण्डारी संघको उम्मेदवार बनाइएका थिए । यसैगरी प्रतिपक्षीय गठबन्धनबाट नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञावलीलाई उम्मेदवार बनाइएको थियो । अहिले सत्तागठबन्धनबाट कांग्रेसका नेता डा. चन्द्र भण्डारीले बाजी मारेका छन् भने एमाले नेता प्रदीप ज्ञावली पराजित भएका छन् । ज्ञवाली पराजित हुनुको कारण परराष्ट्रमन्त्री हुँदा भ्रष्टाचार गरेको आरोप लागेको छ । उनी पराष्ट्रमन्त्री हुँदा ४ सय मेडिकल खोजिएको थियो । त्यसरी खोलिएका मेडिकलहरुमा विदेश जाने व्यक्तिले स्वास्थ्य परीक्षण गर्दै आएका थिए । सो क्यूआर सेन्टर खोलेपछि अधिकांश मेडिकलहरु बन्द भएका थिए । गोकर्ण विष्ट श्रम तथा रोजागर मन्त्री हुँदा ज्ञावली परराष्ट्रमन्त्री थिए । त्यतिबेला परराष्ट्रमन्त्री ज्ञवाली र श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टको मिलेमतोमा क्यूआर सेन्टर खोल्न स्वीकृति दिएपछि करोडौं रुपैयाँ कुम्ल्याएका थिए । उनीहरुको मिलेमतोमा स्वास्थ्य परीक्षण गर्ने युवाहरुले प्रतिव्यक्ति ५ सय रुपैयाँ बुझाउने गरेका थिए । त्यसरी ज्ञवाली र विष्टको मिलेमतोमा अन्तर्राष्ट्रिय मान्यता लागु गराइ क्यूआर सेन्टर खोलेपछि अन्य स्वास्थ्य परीक्षण गर्ने मेडिकल सेन्टर बन्द भएका थिए । करिव ४ सय मेडिकल सेन्टर बन्द भएको बताइन्छ । एक वर्षसम्म अन्य स्वास्थ्य परीक्षण गर्न नपाइने गरी भ्रष्टाचार गरेको आरोप गुल्मीमा फैलाएपछि प्रदीप ज्ञवालीको हार भएको बताइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *