दोलखाको निर्वाचनमा अपराध देखेर लाज पनि शरम मान्यो होला

समाचार

पटक पटकको राजनीतिक परिवर्तन पछि नेपालमा गणतन्त्र स्थापना भएको हो । गणतान्त्रीक मुलुकमा लोकतान्त्रीक मुलुकको संविधान वने पछि दोस्रो पटक आवधिक निर्वाचन मार्ग ४ मा भएको छ । दोलखा जिल्लाका केही मतदान केन्द्रमा भएका घटनाहरु सामाजिक सञ्जालमा छरिए । ती श्रव्यदृश्य सामाग्रीमा हेर्दा लाज पनि शरम मान्ने अवस्था देखिन्छ । त्यहाँ मानविय संवेदनशिलताको पटक्कै ख्याल गरेको पाइन्न । एक जना भुषतिग्रेले आफनो आमा भन्दा माथी उमेर भएकी नारीलाइ धरपकड गरेको हुत्याएको मात्रै घोक्र्याएको दृश्य देख्न सकिन्छ । त्यस दृश्यमा २ जना महिला छन् वाँकी सवै पुरुष देखिन्छन् । एकजनाले हातपात गर्दछ वाँकी पुरुषहरु मुकदर्शक देखिन्छन् ।
मतपेटिका फुटेर भुइभर स्वस्तीक छाप लगाएको मतपत्र छरिएको दृश्य देखिन्छ । छरिएका मत पत्र केही मान्छे सँगाल्दैछन् । त्यस पछि पोको पारेर फुटेको मतपेटीका वाँधेर हाले रे भन्ने सुनिएको छ । अनी मुचुल्का वन्यो रे, मतदाताले भुलबस मतपेटिकामा खुट्टाले टेकेको हुँदा फुटेको भनेर । कतिपय मतपेटिकामा त पानी समेत परेको छ रे ।
एक दृश्यमा देख्न पाइन्छ, एक जनाले कोठा भीत्र पसेर भटाभट मत पत्रमा स्वस्तीक छाप लगाएको । एक वुक मत पत्र लिएको छ, सवैमा एकै जनाले छाप लगाएको देखिन्छ । विपक्षी पार्टीका कार्यकर्ता लखेटी लखेटी होहल्ला गरेको दृश्य त सामान्य नैं हुने भयो ।
९८ प्रतिशत मत खस्न संभव छ ?
अहिले सामाजिक सञ्जालमा भिडियो क्लीप छरिएर पोष्ट भैरहेका छन् । यसको पृष्ठभूमिमा रहेर मत कति खसाइलियो भन्ने तथ्यलाई हेरौं ।
दोलखा जिल्लाका झण्डै आधा दर्जन मतदान केन्द्रमा ९० प्रतिशत भन्दा वढि मत खसेको निर्वाचन आयोगको आंकडामा देखिन्छ ।
कालिञ्चोक गाउँपालिका वडा नं. १ मा रहेको दुईवाट वुथको हिसाव हेर्ने हो ८६ प्रतिशत मत खसेको निर्वाचन आयोगको डाटावाट देखिन्छ । त्यसै गरी कालिञ्चोक १ मा रहेको क वुथको मात्र हेर्दा ९५.२९ मत हालेको भेटिन्छ । यो संभव छ ?
त्यसै गरी शैलुङ गाउँपालिका वडा नं. २ भुषाफेदामा ९० प्रतिशत भन्दा वढि मत खसेको देखिन्छ । यस मतदान केन्द्रमा २३५३ मतदाता रहेकोमा २१३७ मत खसेको आंकडा निर्वाचन आयोगमा भेटिन्छ ।
तामाकोशी गाउँपालिका वार्ड नं. ३ जफे हेल्थपोष्ट मतदान केन्द्र क र ख मा भएको मतदानको आँकडा हेर्ने हो भने अचम्मै लाग्दो छ । ९७ प्रतिशत भन्दा वढि मत खसेको आंकडा निर्वाचन आयोगले उपलव्ध गराएको खसेको मतसंख्या रिपोर्टमा देखिन्छ । तामाकोशी गाउँपालिका वडा नं. ३ मा रहेको हेल्थपोष्ट भवन ख वाट ९७.७१ प्रतिशत मत खसेको देखिन्छ । त्यसै गरी वैत्येश्वर वडा नं. ३ कालिढुँगा माद्यमिक विद्यालयको ग वुथवाट ९२.९० प्रतिशत सोहीको क वाट ९४.४७ प्रतिशत मत खसेको देखिन्छ । शैलुङ गाउँपालिका वडा नं. २ भुषाफेदा ख र ग बाट क्रमसः ९३.११ र ९२.९९ प्रतिशत मत खसेको हिसाव देखिन्छ । के यो संभव छ ?
७० प्रतिशत भन्दा वढि मत खसेको आंकडा देखिएमा त्यहाँ नागरिकले मतहाल्न पाएका छैनन् भनेर वुझ्दा कुनै गल्ती हुँदैन । यी तथ्यवाट नागरिकले मत हाल्न पाएनन् वा आएका नागरिकले मत हाले अनी पछि वाँकी सवै अरुले नैं हालिदिए भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । यस्तो अवस्थामा मृत्यू भएका र विदेशमा रहेका समेतको मत पक्कै खसाइएको हुनु पर्दछ ।
२० प्रतिशत मात्रै मत खस्यो किन ?
निर्वाचन आयोग, निर्वाचन मूख्य निर्वाचन अधिकृतको कार्यालय दोलखाले उपलव्ध गराएको डाटालाई आधार मान्दा जिल्ला भर कुल ५३.७२ प्रतिशत मत खसेको देखिन्छ । वैत्येश्वर गाउँपालिका वडा नं. २ जनज्योती मावि मतदान केन्द्रमा २९ प्रतिशत मात्रै मत खसेको देखिन्छ । सोही स्थानको ‘ख’ वुथबाट जम्मा २० प्रतिशत मात्र मत खसेको देखिन्छ । यस ख वुथमा ९८२ मतदाता रहेकोमा १०२ पुरुष र १०१ महिलाले मात्र मत खसालेको आंकडा छ । त्यहाँ नियतबस नागरिकलाई भोट खसाल्न दिइएन भन्ने कुरा आएको छ । यहाँ सामान्य अवस्थामा मत खसाल्न पाएका वुथहरुमा ५० प्रतिशतको हाराहारीमा मत खसेको आंकडाले देखाउँछ ।
माथि उल्लेख गरेका निर्वाचन अपराधका प्रतिनिधिमूलक घटनाहरुले लाज पनि शरम मानेको होला भन्ने अथ्र्याउन सकिन्छ । यी घटनाका यथेष्ट प्रमाणहरु सहित निर्वाचनमा उजुरी गर्दा एक छानविन टोली वन्यो । र छानविन भयो । निर्वाचन आयोगले वैत्येश्वरका ३ स्थल र तामाकोशी १ स्थलमा पुन मतदान गर्ने निर्णय ग¥यो । मार्ग १५ गते ४ स्थानमा पुन निर्वाचन भयो । एक दर्जन भन्दा वढि स्थानमा निर्वाचनको अपराधका पनि पराकाष्ठका कामहरु भए तर ४ स्थानमा मात्र पुन निर्वाच भयो ।

दोलखा जिल्लाको सदरमुकाम भएको वडा नं. ३ र ६ हो । यस क्षेत्र वजार क्षेत्र हो । त्यसै गरी नेकपा एमालेका प्रदेश सभाको उम्मेदवार भएको वडा पनि ६ हो । यस अर्थले त्यहाँ धेरै मत खस्नु पर्ने हो । तर हिसाव गर्दा वडा नं. ६ मा रहेको मतदान केन्द्रमा ५७ प्रतिशत मात्र मत खसेको पाइन्छ । अव दूर दराजमा रहेका मतदान केन्द्रमा झन्डै सतप्रतिशत मत खस्न आश्चर्यजनक कुरा हो । यस्ता असंभव कुरालाई मान्ने हो भने लोकतन्त्र र जनमत भन्ने हावादारी गफ हुन् भन्ने आम वुझाइ हुन सक्छ । निर्वाचन आयोग जस्तो संवैधानिक निकायले यो पटक कोसिश गर्ने हो भने यसको अनैतिक र अपराधिक काम वन्द हुन सक्छ नत्र सधैं यो संस्थागत हुन सक्ने देखिन्छ । आशा छ, निर्वाचन आयोगले यो परम्परालाई तोड्ने छ । जनमतको उच्च कदर गर्ने छ । अती थोरै र अति धेरै मत खसेकोे भनिएको मतदान केन्द्रका वारेमा अनुसन्धान गरी जिम्मेवारहरुलाई कारवाही गर्ने वातावरण तयार गर्नु पर्दछ ।
यो पटक निर्वाचन आयोगले कम्तीमा पनि ८० प्रतिशत भन्दा वढि मत झरेका भनिएका मतदान केन्द्रमा पुनः मतदान गराउने साहसिक निर्णय गर्ने हो भने ‘वुथ क्याप्चर’ भन्ने अपराधिक शव्दावली सुन्नु पर्ने थिएन की ? अहिलेको निर्वाचनमा दोलखमा जन विनास भएन । २०७९ का निर्वाचन वाहेक हरेक निर्वाचनमा मानविय क्षति समेत भएको सुन्नु पर्दथ्यो । यसपटक त्यो भएन ।
८० प्रतिशत भन्दा वढि मत खस्ने मतदान केन्द्रवाट मतदान अधिकृतले यथेष्ट प्रमाण सहितको दस्तावेज तयार गर्नु पर्ने नियम वसाउने हो भने मरेका र विदेशमा रहेको मान्छेको मत खस्ने थिएन की ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *