छिमेकी भारतको इसारामा कांग्रेसको जात्रा

समाचार

काठमाडौं । संसदीय व्यवस्थामाथि धावा बोल्ने नेपाली कांग्रेस प्रतिपक्षमा बसेर सत्तारुढलाई सचेत गराउने भूमिका खेल्नुपर्ने थियो । तर विश्वासका मत पनि दिने र प्रतिपक्षमा पनि बस्ने दोहोरो व्यवहारका कारण छाया सरकार बन्ने हैसियत पनि नेपाली कांग्रेसले राख्न सकेन । कानून नमान्ने, संविधानमाथि प्रहार गर्ने नेपाली कांग्रेसले विपक्षी दलको नेताको हैसियतले पाउने सम्मान पाउन सकेन । अहिले कांग्रेसले प्रतिपक्ष वा विपक्षी दलको हैसियत समेत प्राप्त गर्न सकेन । विपक्षी दल भनेको सरकारलाई खबरदारी गर्ने हो । तर कांग्रेसले यो अवसर पनि गुमाएको छ ।
प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत नदिने राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी माओवादीले नै जिताएका उम्मेद्वार थिए । साथै, एक्लै चुनाव लडेका नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले पनि सरकारलाई विश्वासको मत दिएनन् । जनमोर्चा र नेमकिपा दुबै राष्ट्रिय दल बन्ने थ्रेसहोल्डसमेत कटाउन नसकेका राजनीतिक दल हुन् । यो देशमा राजनीतिक अस्थिरताको जड नेपाली कांग्रेस नै बनेको छ । नेपाली कांग्रेससहित सहकार्य गर्न नेकपा समाजवादी, लोसपा र मसालजस्ता राजनीतिक दलका १०४ सांसद रहेका छन् । अहिले कांग्रेसकै सांसद टेकबहादुर गुरुङ भ्रष्टाचार मुद्दामा परेपछि निलम्बित भएका छन् ।
नेपाली कांग्रेसको बैठकमा महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, अर्जुननरसिंह केसी, बलहादुर केसीले पार्टीको बैठकमा प्रतिपक्षमा बस्नुपर्ने प्रस्ताव राखेका थिए । तर रामचन्द्र पौडेल, कृष्ण सिटौलाजस्ताको सल्लाह मात्र त्यहाँ थिएन । भारतीय दूत विमलेन्द्र निधिको भारत भ्रमणले ल्याएको सन्देशले पनि नेपाली कांग्रेस प्रचण्ड सरकारलाई विश्वासको मत दिन बाध्य बनेको थियो । भारत नेपालका कम्यनिष्टलाई तितरबितर पारेर संविधानको धारा ७६(३) अनुसार ठूलो दलको हिसाबले कांग्रेस नेतृत्वको सरकार बनोस् भन्ने चाहन्थ्यो । कांग्रेसको त्यो चाहना भारतीय सन्देशसँग जोडिन्छ । तर भारतको यो प्रयास असफल भएपछि प्रचण्ड नेतृत्वकै सरकारलाई विश्वासको मत दिन कांग्रेस बाधय भयो । अहिले मुलुक अस्थिरतातर्फ उन्मुख छ । राजनीतिक दलहरु स्वार्थमा लाग्दा देशमा लोकतन्त्रको समेत बद्नाम भएको छ ।
कांग्रेसले राष्ट्रपति छनौटमा प्रचण्डसँग अत्तो थापेर अस्थिरता सिर्जना गर्ने प्रयास गरेको छ । कांग्रेसले प्रदेशमा पनि उस्तै व्यवहार देखाएको छ । माओवादीका उम्मेद्वार उठाएको ठाउँमा कांग्रेसले आफ्ना उम्मेद्वार नउठाउने र एमालेका उम्मेद्वार उठेको ठाउँमा उम्मेद्वारी दिने काम गरेको थियो । नेपाली कांग्रेसको यस्तो व्यवहारलाई माओवादीले शंकाको दृष्टिकोणले हेरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *