मुख्यसचिवको कमाउ प्रेम

राजनीति समाचार

काठमाडौं । निजामती–प्रशासनिक क्षेत्रलाई शुद्धता राख्नुपर्छ, तर सरकारको ध्यान त छ तर मुख्य सचिव शंकरदास वैरागी आफैं सुशासनको पक्षमा छैनन् । अर्थबाट गलत्याएका नामुद भ्रष्ट कृष्णहरि पुस्करलाई सामानय प्रशासनमा पठाएर कर्मचारीतन्त्रलाई घुस्याहा बनाउँदैछन् । शंकरदासले प्रधानमन्त्री कार्यालय अन्तर्गत ल्याइएको सम्पत्ति शुद्धीकरण र राजस्व अनुसन्धान विभागमा पुगेका सहसचिवहरुलाई सहज रुपमा काम गर्न दिन्छन् कि दिँदैनन शंका बढेको छ ।

मन्त्री फेरिनासाथ मन्त्रालयको सचिव नै फेर्नुपर्दैन । एउटा प्रशासक एक मन्त्रालयमा कम्तीमा एक वर्ष बस्ने वातावरण भएको छैन । प्रत्येक मन्त्रीको स्वार्थ बाँझिएको हुन्छ । कमाउन मन्त्री हुनेको लागि हस्तक्षेप नौलो हुँदैन । तर केही गरौं भन्नेहरुको लागि भने जस्तै विचार मिल्ने सचिव चाहिन्छ । माओवादीका उपप्रधानमन्त्री एवं भौतिक मन्त्री नारायणकाजी श्रेष्ठले सडकका डिजीदेखि सुईसम्मले सरुवा गराए । तर सँधै तर मार्न पल्केको जमातले काम गरेको छैन ।

सडक विभागवको डिजी हुँदै भौतिक पूर्वाधारका सचिव भएका रविन्द्रनाथ श्रेष्ठले कुरा काटकै छन् । मन्त्रीले घुस लिँदा भ्रष्ट डिई र सुईहरु बेहाल भएका छन् । सतर्कता केन्द्रजस्तो सुशासन स्थपित गर्ने संस्थामा भने सन्तुष्टी आएन । किनकि मुख्य सचिव शंकरदास वैरागी र विनद्रनाथ श्रेष्ठ दुबै भ्रष्ट हुन् । (तामाकोशीसन्देशबाट)

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *