काठमाडौं । यतिबेला ७५३ स्थानीय तहमध्येमा सबैभन्दा चर्चित र विवादित रुपमा काठमाडौं महानगरपालिकाका मेयर बालेन सहलाई लिने गरिन्छ । त्यस्तै अर्का छन् धरान उपमहानगरपालिकाका मेयर हर्क साङपाङ । उनी पनि बेलाबख विभिन्न उत्पट्याङ काम गरेर चर्चा र विवादमा पर्ने गर्दछन् । तर, अहिले कहीं नभएको जात्रा हाँडीमा भनेजस्तै काठमाडौं महानगरपालिकामा हुने गरेको छ । यहाँका मेयर बालेन साहले समयसमयमा विभिन्न फन्डा मच्चाउने गरेका छन् ।
उनी आफूलाई राष्ट्रपति, प्रधानमन्त्री र प्रधान न्यायाधीश भन्दा पनि ठूलो ठान्ने गर्दछन् । स्वतन्त्रको नाममा देशको राजधानी काठमाडौंको मेयरमा निर्वाचित भएका साहले कहिले सुकुम्वासीको बस्तीमा आतंक मच्चाउने, कहिले मठमन्दिरदेखि पाटीपौवा भत्काउने, कहिले टुकुचा, बागमती र विष्णमतिको खोलाखोल्सा उदिन्ने, कहिले फोहोरमा राजनीति गर्ने, कहिले पार्किङको विषयमा आतंक मच्चाउने र कहिले कहिले व्यापारीहरुबीच आतंक मच्चाउने गर्दै आएका छन् । अहिले हुँदाहुँदा देशको राजधानी सिंहदरबारको फोहोर नरउठाउने र राजधानी नै अन्यत्र सार्न आदेश दिन थालेका छन् । उनका यस्ता सोकल उदाहरण त कति छन् कति ।
उनी देशको राजकुमार जस्तै भएर कालो चस्मा लगाएर कड्के आँखा लगाउने गर्दछन् । उनको यस्ता फन्डाले सर्वसाधारण जनता अहिले गाँस, बास र कपासको अभावमा भौतारिन थालेका छन् । उनले गर्ने हर्कतले नयाँबानेश्वरवासी कृष्णकुमारी परियार यतिबेला सडकमा पुगेकी छिन् । परियारको २५÷२६ वर्ष अगाडि नयाँवानेश्वरमा डेढ रोपनी जग्गामा घर थियो । त्यसमध्ये तत्कालीन मेयर केशव स्थापितले आधा जमीन काटी घर पनि आधा भत्काएकाएर सडक फराकिलो बनाएका थिए ।
त्यसपछि बाँकी रहेको साढे दुई आना जग्गामा घर बनाएर परियार बस्दै आएकी थिइन् । तर, अहिलेका मेयर बालेन साहले त्यो घर पनि भत्काएर परियारलाई सडकमा पु¥याइदिएका छन् । यसरी सडक छेउमा परेका घरजग्गा सकड विस्तारको लागि आवश्यक पर्दा राज्यले घरजग्गावालालाई उचित क्षतिपूर्ति दिएर अन्यत्र व्यवस्थापन गरी सडक विस्तार गर्नुपर्ने हुन्छ । तर, महानगरपालिकाले उल्टै चोर आए झै गरी रातिको समयमा घर भत्काएर सडकमा पु¥याउनु कति उचित होला ? कृष्णकुमारी परियार त एउटा उदाहरणको पात्र मात्रै हुन् ।
यस्ता सडक छेउमा पुस्तौैदेखि बसोबास गर्दै आएका धेरै व्यक्तिहरुले अहिले घरबारबिहीन भएर सकडमा भौतारिनु परेको छ । सर्वसाधारणलाई परेको यस्ता समस्याप्रति न त स्थानीय सरकारले व्यवस्थापन गरेको छ न त केन्द्र र प्रदेश सरकारले नै त्यसमा ध्यान दिएको छ । अहिले त उल्टै केन्द्र र स्थानीय सरकारबीच को ठूलो भनेर जुँगाको लडाइँ चलिरहेको छ । अहिले विभिन्न समस्या लिएर महानगरपालिकामा जाने सर्वसाधारण जनतालाई मेयर साहले भेट्नसमेत बन्देज गराएको पीडितको गुनासो छ । त्योसँगै महानगरपालिकामा कर्मचारीबीच गुटबन्दी चलेको छ ।
मेयर साहले नियमपूर्वक हुने काम पनि आफ्नो तदबिजमा मनपर्दी गढंले गर्ने गरेका छन् । उनले राजनीतिक नेता, कार्यकर्ताहरुलाई वाइपास गरेर आफ्ना पक्षका व्यक्तिको मात्रै काम गर्ने गर्दै आएका छन् । वालेनले सर्वसाधारण जनताको काम गर्दैनन् । खाली आफू वरिपरिका आसेपासे र टाठाबाठाको मात्रै कुरा सुन्ने र उनीहरुको हितमा कामगर्ने गर्दै आएका छन् । त्योसँगै उनले भनेको काम फत्ते भएन भने सामाजिक सञ्जालमा लेखेर रोस प्रकट गर्दछन् । यसरी स्थानीय सरकारको अभिभावक रहेका मेयरको यस्तो हर्कतले सर्वसाधारणले सास्ती कहिलेसम्म खेप्न वाध्य हुने हुन् त्यो भने प्रतिक्षाको विषय बनेको छ ।(तामाकोशीसन्देशबाट)