सद्भाव कृषि सहकारी संस्थाको १३औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ/वाणिज्य समाचार

काठमाडौं । सद्भाव कृषि सहकारी संस्थाले गत शनिबार तेह्रऔ. वार्षिक साधारण सभा सम्पन्न गरेको छ । सो सभामा सञ्चालक समितिका प्रतिनिधि, लेखासमिति, संस्थाका संञ्चालकहरु, ऋण उपसमितिका संयोजक, अनुगमन समितिका संयोजक, शेयरधनी सदस्यहरुलगायतको सहभागिता रहेहेको थियो । संस्थामा अहिलेसम्म ९ सय २० सेयर सदस्यहरु आबद्ध रहेका छन् । हाल संस्थामा ८५ लाख सेयर रकम रहेको रहेको जनाइएको छ ।

सो रकम वृद्धि गरी आगामी आ.व.सम्ममा एक करोड पु¥याउने लक्ष्य संस्थाको रहेको छ । खासगरी काठमाडौं र ललितपुरवासीले आधुनिक कृषि व्यवसाय सञ्चालन गर्ने उद्देश्यले २०७९ -१२-२७ मा सद्भाव कृषि सहकारी संस्था दर्ता गरी सञ्चालनमा ल्याइएको थियो । संस्थामा ९ सय २० सेयर सदस्य रहेकोमा केहीले मात्रै सेयर संख्यामा वृद्धि गरेर र अधिकांश सदस्यहरुको यथावत कायम रहेको जारी प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाले सदस्यहरुको चाहनालाई मध्येनजर गरी निक्षेप विवरणलाई मुद्दति, मासिक, साधारण, बाल, दैनिक र आकस्मिक आकर्षक योजनाअन्तर्गत उत्साहजनक ढंगले संकलन भइरहेको बताइएको छ । संस्थाको यो स्किमले सदस्यहरुको भविष्य थप सुनिश्चित र सुरक्षित हुने विश्वास लिइएको छ । संस्थाका सञ्चालक समितिले समय–समयमा बनाएका आर्थिक नीति बमोजिम हाल संस्थाले ३ प्रकारले ऋण प्रवाह गरिरहेको छ । ६ महिने ऋण दैनिक बचतकर्ताहरुलाई सदस्यको अवस्था हेरी दैनिक किस्तामा घट्दो ब्याजदरमा प्रदान गरिँदै आएको छ ।

साथै सेयर सदस्यहरुलाई सेयरधनी जमानत र धितो जमानतमा १ वर्षे अवधिको ऋण वप्रवाह गरिँदै आएको छ । हालसम्म यस संस्थामा कुनै खराब कर्जा नएको र ब्याज समयमा प्राप्त गर्न सफल हुँदै आएको संस्थाका अध्यक्ष जयबहादुर बस्नेतद्वारा जारी प्रतिवेदनमा उल्लेख छ ।त्यसैगरी सहकारी समुदायमा आधारित संस्था भएकाले आफ्नो कार्यक्षेत्रभित्र बसोबास गर्ने सर्वसाधारण नागरिकबीच सहार्य गर्ने र छरिएर रहेको पुँजीलाई एकीकृत गरी सहकारी मूल्य, मान्यताा र सिद्धान्तलाई आत्मसात् गर्दै रचनात्मक, गुाणात्मक एवं सहयोगात्मक भावना बोक्दै अगाडि बढ्ने उद्देश्य लिएको कोषाध्यक्ष राजु बस्नेतद्वारा जारी प्रतिवेदनमा उल्लेख छ । कोषाध्यक्ष बस्नेतले संस्थाहरुबाट अहिलेसम्म रचन्तामक साथ सहयोग पाउँदै आएको र आगामी दिनपनि त्यो साथ पाइरहने रहेको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *