टेलिकमको अन्तराष्ट्रिय कलमा भ्रष्टाचार, अख्तियार रमिते

Uncategorized अर्थ/वाणिज्य समाचार

काठमाडौं । नेपाल टेलिकमभित्र विगत लामोसमयदेखि कर्मचारीहरुले एकछत्र राज गर्दै आएका थिए । एकछत्र राज मात्र गरेका थिएनन्, विकृति विसंगति र भ्रष्टाचारहरु हुदैँ आएको थियो । त्यस विषयमा तामाकोशी सन्देशले विगत सात÷आठ वर्ष अगाडीदेखि टेलिकमभित्रको भ्रष्टाचार र विकृतिको समाचार सार्वजनिक गर्दै आएको थियो । तत्कालीन टेलिकमकी कार्यकारी निर्देशक कामिनीराज भण्डारी हुँदा ६ अर्बको फाइवर बिछ्याउने काममा १८ अर्ब पु¥याइएको समाचार तामाकोशी सन्देशले सार्वजनिक गरेको थियो । सो समाचार प्रकाशित गर्दा केहि पत्रकारहरुले तामाकोशी सन्देशको समाचार हामी रोकिदिन्छौं भन्दै वार्गेनिङ गरेर करिब २०÷२५ लाखको विज्ञापन टेलिकमबाट लिएर खाएका थिए ।

तर पत्रकारले त्यसरी खाएता पनि तामाकोशी सन्देशले लेखेको समाचार प्रमाणित भई अख्तियारमा समेत मुद्दा परेको थियो । कार्यकारी निर्देशक कामीनी राज भण्डारीलाई अख्तियारले मुद्दा दायर गरेको थियो । सो मुद्दाको छिनोफानो नहुँदै उनी जागिरबाट रिटायर्ड भइसकेकी छिन् । उनको मुद्दा विचारधिन अवस्थामा रहेको आकालन गरेएको छ । कामीनी राज भण्डारीले टेलिकम भित्र गरेको भ्रष्टाचारको कुनै यकिन छैन । त्यसपछिका टेलिकमका कार्यकारी निर्देशक सुनिल पौडेलको पालमा भएको विलिङ मेसिन मर्मत र खरिदमा भएको अनियमितताको समाचार तामाकोशी सन्देशले प्रकाशित गरेकै थियो ।

सो समाचार तामाकोशी सन्देशले बारम्बार प्रकाशित गर्दा प्रेस काउन्सिलका कर्मचारीदेखि केहि पत्रकारहरुले सो समाचार प्रकाशन नगर्न आग्रह गरेका थिए । नभन्दै सुनिल पौडेललाई पनि अख्यितारले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो । हाल टेलिकमका १४ जना कर्मचारी निलम्बित भएका छन् । हालकी प्रवन्ध निर्देशक संंगिता पहाडीको जागिरे अवधि १ महिना पनि बाँकी छैन । उनका श्रीमान् अमुल प्रधान भ्रष्टाचारको मुद्दामा निलम्बित भएका छन् । अमुल प्रधानसहित झपेन्द्र उपाध्यय, सुनिल पौडेल लगायतका केहि टेलिकमका कर्मचारी भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् ।

अर्काेतर्फ डरलाग्दो अवस्था के छ भने तत्कालीन निर्देशक डिल्लीराम अधिकारीले अन्तर्राष्ट्रिय शाखा प्रमुख हुँदा जापान र कोरियालगायत अन्तराष्ट्रिय कलमा सम्झौता गर्दा आफ्नै श्रीमतीलाई महिनाको २८०० डलर आउने गरी श्रीमतीको नाममा सम्झौता गरेका थिए । सो विषयको मुद्दा अख्तियारले थाहा पाएपछि विशेष अदालतमा मुद्दा दायर भएको स्रोतले उल्लेख गरेको छ । सो मुद्दा अहिले झिसमिस अवस्थामा रहेको बताइन्छ । अधिकारी हाल उपनिर्देशक रहेका छन् ।

अधिकारी सो डलर करिब ७÷८ वर्ष सम्म लिदैँ आएको बताइन्छ । तर सरकार र सम्बन्धित निकायले यस विषयमा कुनै अनुसन्धान नगरेको स्रोतले उल्लेख गरेको छ । टेलिकमभित्र विकृति र भ्रष्टाचारको अखडा बने तापनि सम्बन्धित निकायले समयमा ध्यान नदिएको र टेलिकमलाई हानिनोक्सानी पु-याउँदा पनि अख्तियार लगायत सम्बन्धित निकाय नबोल्नुमा दालमा केहि कालो भएको कर्मचारी स्रोतले उल्लेख गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *