वैरोमा तोरण पराजुलीको लूट धन्दा फास्टाउँदै

राजनीति समाचार

काठमाडौं । गत भदौं २३ र २४ गतेको जेन्जी आन्दोलनबाट बनेको सुशिला कार्की नेतृत्वको सरकारले मन्त्रीमण्डल विस्तार गर्न सकेको थिएन । अझै पनि मन्त्रीण्डलले पुर्णता पाउन सकेको छैन । तीन महिना भन्दा बढि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मन्त्रीविहिन भएको थियो । सो मन्त्रालय प्रधानमन्त्री कार्कीले सम्हाल्दै आएकी थिइन् । त्यसले गर्दा वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु बढेको थियो । प्रधानमन्त्री मन्त्री कार्कीले श्रम मन्त्रालयमा ध्यान दिन नसक्दा मलेसियाको कोटा समेत गुम्न पुगेको थियो । भने अर्काेतिर विभागमा ठगीका घटना बसिढरहेका थिए । त्योसँगै विभागमा करिब ४० हजारभन्दा माथि ठगीका उजुरी रहेको पाइन्छ । ठगीसँगै मेनपावर कम्पनीहरुले नक्कली डिमान्ट लेटर खडा गरेर अधिकांश विदेश जाने नेपालीहरुलाई खाडी मुलुकमा पठाउँदै आएका थिए ।

त्यसरी पठाएका नेपालीहरु विदेशमा अलपत्र पर्ने र भनेअनुसारको काम नपाउने अवस्थालाई मध्यनजर गर्दै नवनियुक्त श्रममन्त्री राजेन्द्र सिंह भण्डारीले कसरी सुधारमा ल्याउछन् त्यो प्रतिक्षाको विषय बनेको छ । नेपालमा रोजीरोटि नपाएकै कारण मेनपावर कम्पनीहरुले खाडी मुलुकसँगै विश्वका विभिन्न देशमा नेपाली कामदारहरु पठाउने गरेका छन् भने कन्सल्टटेन्सीहरुले विद्यार्थीहरुलाई अमेरिका,क्यानडा, युरोप, अष्ट्रेलिया जापान, कोरिया लगायतका देशहरुमा विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि भन्दै महङ्गो शुल्क लिएर पठाइरहेका छन् । हाल विदेशमा नेपालीहरु ७७ लाख भन्दा बढि रहेको अनुमान गरिन्छ । यस्ता विषयमा मन्त्री भण्डारीले कसरी नियन्त्रण गर्छन् ।

वैदेशिक रोजगार विभाग अन्तर्गत विभिन्न कन्सल्टटेन्सी, मेनपावर कम्पनी र विचौलियाहरुकै कारण अधिकांश युवायुवतीहरु ठगीमा पर्दै आएका छन् । यस विषयमा मन्त्री भण्डारीले कस्तो खालको नितिनियम बनाएर लागू गर्छन् त्यो पनि प्रतिक्षाको विषय बनेको छ । एकातिर यो अवस्था छ भने अर्काेतिर मेनपावर, वैदेशिक रोजगार विभागका कर्मचारी र अध्यागमन विभागका कर्मचारीहरुको सेटिङ मन्त्री भण्डारी कसरी तोड्न सक्छन् ।

त्यो पनि प्रतिक्षाको विषय बनेको छ । वैदेशिक रोजगार विभागमा अन्तिम स्वीकृति शाखा र व्यक्तिगत स्वीकृति शाखामा शाखा अधिकृत तोरण पराजुलीको हालिमुहाली चलिरहेको छ । उनको काम अन्तिम स्वीकृति शाखामा बसेर पैसा उठाउने रहेको छ । यदि विदेश जाने नेपालीहरुले पैसा नदिएको खण्डमा अन्तिम स्वीकृति रोकिदिने र विभिन्न बहाना बनाएर विदेश जानेहरुलाई रोक्ने काम गर्दै आएका छन् । अधिकांश विदेश जानेहरुले प्लेन टिकटदेखि बोर्डिङ लिनसमेत पैसा खर्च गर्नुपर्ने हुन्छ ।

विभागले अन्तिम स्वीकृति दिन ढिलाइ गर्दा कतिपय कामदारहरु अलपत्र पर्दै आएका छन् । त्यसले गर्दा वैदेशिक रोजगार विभाग दिनप्रतिदिन बद्नाम हुदैँ गएको पिडितहरुले तामाकोशी सन्देशलाई बताएका छन् । उनै तोरण पराजुलीको लापरवाहीले गर्दा अन्य कर्मचारीहरुको समेत बद्नाम भएको अवस्था छ । वैदेशिक रोजगार विभागमा ठगीका उजुरीहरु पनि त्यत्तिकै बढिरहेका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक रहेका छन् कमल भट्टराई । भट्टराई पनि विदेश घुम्नेदेखि स्वदेश घुम्नमै व्यस्त छन् । भट्टराईले आपूm सचिव बन्नको लागि दौडधुप गरिरहेका छन् । त्योसँगै भट्टराईले गत साउनमा मेनपावर कम्पनी दर्ता नविकरण र अनुगमनको नाममा कर्रौडौं उठाएको आरोप छ । त्यहि पैसा खर्च गरेर सचिव बन्ने दौडधुपमा लागेको बताइन्छ । भरखरै जापान भ्रमण सकेर स्वदेश फर्किएका छन् । भट्टराई वैदेशिक रोजगार विभागबाट मन्त्रालयमा सरुवा हुन लागिपरेको बताइन्छ । विभागको महानिर्देशक बन्न मन्त्रालयका केहि सहसचिवहरु पनि लागिपरेका छन् ।

श्रम सचिव कृष्णहरि पुष्कर र भट्टराईबीचको सम्बन्ध सुमधुर भएको कारण भट्टराई वैदेशिक रोजगार विभागको महानिर्देशक बन्न सफल भएका थिए । तत्कालीन सरकारका श्रममन्त्री शरद सिंह भण्डारी र श्रमसचिव कृष्णहरि पुष्कर कर्णको सम्बन्ध विग्रेपछि तत्कालीन वैदेशिक रोजगार विभागका महानिर्देशक सुर्यबहादुर खत्रीलाई मन्त्रालयमा तानेर सचिव कर्णले भट्टराईलाई महानिर्देशक बनाएका थिए । भट्टराईलाई महानिर्देशक बनाएसँगै तत्कालीन सरकारले मन्त्रीमण्डल फेरबदल गर्ने हल्ला चलाएको थियो । सो हल्लासँगै सर्वेन्दनाथ शुक्ललाई श्रममन्त्री बनाउन कर्ण लागिपरेका थिए । तर सरकार जेनजी आन्दोलनले तत्कालीन सरकार ढलेपछि श्रममन्त्री भण्डारीको जागिर गएको थियो । मन्त्रीको जागिर गएपछि ३ महिनाभन्दा बढि मन्त्रालय मन्त्रीविहिन बन्न पुगेको थियो । त्यसले गर्दा पनि वैदेशिक रोजगार विभागमा ठगीका घटनाहरु बढिरहेका छन् । नवनियुक्त मन्त्री राजेन्द्र सिंह भण्डारी र सचिव कर्णको सम्बन्धले कस्तो काम हुन्छ त्यो हेर्न बाँकी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *