श्रीमतीको बढुवा गरेपछि त्रिभुनव विमानस्थलमा हंगामा

राजनीति समाचार

काठमाडौं । १९ वर्षअघि नेपालमा पक्राउ पर्दा कुख्याल सिरियल किलर चाल्र्स शोभराजले नेपालको एयरपोर्टबाट हात्ती पनि छिराइदिने भन्दै चुनौती दिएका थिए । विमानस्थलको कमजोर सुरक्षा प्रणालीमाथि चुनौती दिँदै उनले त्यस्तो व्यंग्य गरेका थिए । हात्ती नभए पनि अन्तर्राष्ट्रिय तस्करले विश्वको लोपोन्मुख वन्यजन्तु चिम्पान्जीदेखि सुन समेत पटकपटक तस्करी गर्दै आएको छ । यही यही ठाउँ हो,जहाँ विद्युतीय चुरोटभित्र लुकाएर ल्याइएको सुन तस्करसँगको मिलेमतोमा चुरोट साटफेर गरेर पास गराउँछन्् ।

६ करोड मूल्यबराबरको सुन तस्करी भएको छ भेटिएपछि सिआइबीको टोलीले त्यहीँका नायब सुब्बा रेवन्त खड्कासहित चारजनालाई पक्रिएर अनुसन्धान गरिरहेको छ । गत माघमा चीनबाट आएको ७३० बाक्सा इलेक्ट्रिक चुरोट गैरकानुनी ठहर गर्दै भन्सार कार्यालयले जफत गरेको थियो । विमानस्थलको गोदाममा थन्क्याइएको उक्त बाक्सा साटेर उनै युवा कलेज टपर सुब्बा खड्काले साटेर त्यहाँको सुन निकालेर न्यूरोडमा बेचेको तथ्य बैशाख २६ गते खुलासा भयो ।

यस्तो ठाउँलाई सुधार्नु पर्ने हाकिमको ध्येय आफ्नै स्वार्थ पूर्ती गर्नेतिर केन्द्रीत छ । यो त्यही ठाउँ हो जहाँका पहिलाका हाकिम प्रेमनाथ ठाकुरको घूस काण्डदेखि आन्तरिक टर्मिनलका व्यवस्थापन प्रमुख पूर्णप्रसाद चुँडालको कार्यकक्षबाट भेटिएको आठ लाख रुपैंया नगद र ९ बोतल ब्राण्डेड रक्सीका कारण बदनामी खेपिरहेको थिए । अहिलेका हाकिमलाई पूराना बेतिथी सुधार्न भन्दा पनि पत्नीको चिन्ता गर्दा बदनामीमा मुछिएको छन् । उनले प्रचलित ऐन,कानुन,नियमको धज्जी उडाउँदैं पत्नीको सेवा समूहै परिवर्तन मात्र होइन दुई तह अपग्रेड गरेपछि अहिले टिआइएका महाप्रवन्धकसँग त्यहाँका कर्मचारीहरु क्रुद्ध भएका छन् ।

हालैमात्र त्यहाँका हाकिम प्रताप तिवारीले आफ्नो पत्नीको सेवा समूह नै परिवर्तन गरेर लेखाको प्रमुख बनाएपछि भाँडभैलो शुरु भएको छ । निजामती सेवा ऐनको दफा २६ ले सेवा समूह परिवर्तन गर्नुपर्दा अन्तर सेवा परीक्षा भिड्नुपर्दछ भन्दछ । सबै संस्थानलाई पनि त्यही ऐनले गाइड गर्ने हो तर राजश्व समूहमा कार्यरत आफ्नी पत्नीको सेवा समूह परिवर्तन गर्नका लागि प्रतापबाबु तिवारीलाई न त लोकसेवा परीक्षा नै दिनुप¥र्यो न त अन्य कानुनी प्रक्रिया नै पूरा गर्नुप¥र्यो ।

तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस डिल गरेको अडियो काण्डमा डामिएर अनुसन्धानमा तानिएसँगै चार महिना अगाडि त्रिवि अन्तर्राष्ट्रिय विमानस्थलका महानिर्देशकको जिम्मेवारी पाएका थिए तिवारीले । तिवारी यस अघि त्यहाँका जिएम थिए तर तत्कालीन पर्यटनमन्त्री प्रेम आलेसँग ट्युनिङ नमिल्दा तानिएर प्रेमनाथ ठाकुरलाई त्यता खटाइएको थियो । अघिल्लो पटक जिएम हुँदा तिवारीको पत्नी रेनुलाई त्रिवि विमानस्थलमा लगिएको थियो उनी राजश्व समूह सातौ तहमा ।

अहिले महाप्रवन्धक भएर गएको मौका पारेर उनले पत्नीको सेवा समूहमात्र बदलेनन्,तह समेत बढूवा गर्न भ्याए । सातौ तहको कर्मचारीको सेवा समूह बदलेर दुई तहमाथि उकालेर लेखाको प्रमुखकै कुर्सीमा बसालिदिए पछि भाग खोसिएका कर्मचारीहरु महाप्रवन्धक तिवारीसँग ‘फायर’ हुनु स्वभाविकै हो । त्यहाँ राजश्व समूहका ८ जना मात्र कर्मचारीको दरबन्दी रहेको छ । यसरी टिआइएमा चेक काट्नका निर्देशन दिने ठाउँमा पती र चेक काट्ने जिम्मेवारीमा पत्नीलाई लगिएपछि जवाफदेहिताको सिद्धान्तभन्दा विपरित भएको भन्दै केही प्रशासकहरुले आपत्ति प्रकट गरेका छन् ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *