राजदूत बन्न खेलोफड्को

राजनीति समाचार

काठमाडौं । दलका नेताहरुले कस्तालाई राजदूत बनाउँछन् र तिनले देशको हित गर्छन कि आफ्नै व्यापारलाई ध्यान दिन्छन् केपी ओली सरकारका राजदूतहरुको चाल देखियो । दलीय भागवण्डामा गरिने राजनीतिक नियुक्ति र राजदूतको छनौटले देशकै बद्नाम, संस्थाकै बेइज्जत भएको छ । राजदूत पद डिप्लोम्याट त हो । तर नेताले त्यो पदको गरिमा राखेका छैनन् ।

अहिले परराष्ट्र मन्त्री नारायण साउद छन् । साउललाई परराष्ट्र मन्त्री बनाउने काम देउवा पत्नी डा. आरजु नै हुन् । भरतराज पौडेलको दौडधुप चर्काे छ । पौडेल परराष्ट्र कै क्याडर हुन् । त्यहाँ लोकबहादुर थापा, घनश्याम लम्साल, तेजबहादुर क्षेत्री र धनबहादुर ओली प्रतिस्पर्धी छन् ।

विदेश बसेर आउने राजदूतको आश गर्ने रामप्रसाद सुवेदी पनि राजदूतकै आशमा छन् । परराष्ट्रले एमालेका राजदूतहरु फिर्ता गरायो, तर संयुक्त राष्ट्रसंघका अमृत राई, जेनेभाका मणि भट्टराई र फ्रान्सका दीपक अधिकारी भने त्यहीँ छन् । कांग्रेसले खोज्ने, एमालेले गल्ला रोज्ने भएकाले माओवादीले पञ्चायतका मण्डले युवनाथ लम्साललाई राजदूत बनाएर रमिता पनि देखाएकै हो । राज्यमा विकृति बढाउने काम राजदूत नियुत्तिले गरेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *