आर्थिक वर्ष सकिँनै लाग्दा कमिसनको चटारो

राजनीति समाचार

काठमाडौं । यतिखेर आर्थिक वर्षको अन्तिम महिना सकिनै लाग्दा संघ, प्रदेश र स्थानीय तहमा गरिएका विकास निर्माणको भुक्तानी गर्नको लागि भ्याइनभ्याइ छ । त्योसँगै विभिन्न निर्माण व्यवसायीहरुले पनि आफ्नो भुक्तानी लिनको लागि सम्बन्धित मन्त्रालय, विभाग र कार्यालयहरुमा धाउने क्रम जारी छ । त्यस्तै विभिन्न लेखा फाँटका कर्मचारीहरुलाई पनि यतिबेला दशैं आएको छ ।

किन की अधिकांश लेखा फाँटका कर्मचारीहरु चेक काट्ने र भुक्तानी दिनको लागि कोलेनिकामा पठाउनमै व्यस्त छन् । यस्ता लेखा फाँटमा काम गर्ने कर्मचारीहरु अहिले घरमा समेत नगइ अफिसमै बस्ने र होटेलबाट खाना मगाएर खाने गरेका छन् । जब आर्थिक वर्षको अन्त्यतिर आइपुग्छ भुक्तानी दिनको लागि लेखा फाँटका कर्मचारीलाई चटारो हुने गरेको छ ।

यसो हुनुमा अधिकांश सरकारी कार्यालयमा काम नहुने र कर्मचारीहरु घाम तापेर बस्ने गर्दछन् । जब असार महिना सुरु हुन्छ अनि विकास निर्माणको काम सुरु हुन्छ । त्यसले दीर्घकालीन विकास हुनु भन्दा पनि बजेट सिध्याउने र कमिसन खाने धन्दा सुरु हुन्छ । यसरी कमिसनको धन्दा व्यापक चल्ने मन्त्रालयहरु भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास, अर्थ, सिंचाई, ऊर्जा, खानेपानी जस्ता पर्दछन् ।

उता, अहिले आर्थिक वर्ष सकिँनै लाग्दा विभिन्न मन्त्रालयदेखि विभाग र कार्यालयहरुमा आगामी वर्षको लागि चाहिने भौतिक संरचनादेखि स्टेशनरी, छपाइको पनि अहिले नै मोलमोलाही सुरु भइसकेको छ । सामान सप्लाइ गर्ने संस्था र सरकारी कार्यालयका स्टोर प्रमुखको काम गर्ने कर्मचारीलाई अहिले दशैं आएको छ ।

किन भने स्टोरमा काम गर्ने कर्मचाची र हाकिमको मिलेमतोमा विभिन्न सामान दरिद गर्ने र सप्लाईको ठेक्का दिने गरिन्छ । यसरी काम मिलाएबापत उनीहरुले मोटो रकम कमिसन दिने गर्दछन् । त्यो रकम सम्बन्धित निकायमा पु¥याउने र भागबन्डा गरी खाने गरिन्छ । उता ठेकेदारहरुले पनि घाटा होस् अथवा नाफा जे जति भएपनि हिसाब बुझाउनै पर्ने हुन्छ । नत्र यदि काम गरेबापत कमिसन नदिएमा भोलिका दिनमा सो ठेक्काको काम अरुले नै फुत्काउने भएकाले पनि कर्मचारी रिझाउनको लागि कमिसन दिनुपर्ने वाध्यता हुन्छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *