कांग्रेसभित्र सुनिल शर्माको ज्यादती

राजनीति समाचार

काठमाडौं । सांसदले संसदीय परम्परा, अनुशासन, दलीय मापदण्ड पालन गर्दैन भने त्यो संसद कारबाहीको भागिदार हुन्छ । कांग्रेसका सांसदले अराजकता संसदीय दलको बैठकमा मात्र देखाएनन्, एमालेका सभामुख देवराज घिमिरेको सहयोगमा प्रधानमन्त्री र गृहमन्त्रीलाई आतंककारी भन्न भ्याए । संसदीय दलको बैठकमा पनि उनी त्यसरी कुर्ले । तर तिनको हैसियत माथि प्रश्न उठाउने ताकत संसदीय दलका नेता शेरबहादुर देउवालाई भएन । आफुलाई पार्टीको कुशल नेता मान्ने डा.शेखर कोइरालाको समेत मुख खुलेको छैन । सुनिल शर्माले कोइराला साथ पाएका थिए ।

सरकारको प्रमुख घटक नेपाली कांग्रेस । नक्कली भुटानी शरणार्थी प्रकरणमा जेल पर्छ । उसकै नेतृहरु पहुँचको भरमा मनपरी गर्दछन् । पार्टीले खबरदारी गर्दैन । सरकारले राम्रो काम गर्नुपर्छ भन्दैन् । जनताको समस्यामा ध्यान छैन । मेडिकल माफिया पटक पटक मेडिकल काउन्सिलको कारबाहीमा पर्छ । सुन तस्कर माथि सरकार खेलेर कारबाहीतर्फ लागेको छ । सुनिल शर्माले देखेझैं अर्थमन्त्री र गृहमन्त्रीले नै सुन तस्करी गराएको भन्छ ।

कांग्रेसले संसदीय दलको बैठकमा समेत पनि शर्माको कुरा सुनिएन् । अर्जुननरसिंह केसी बिटुलिए मात्र । माओवादीसँग चुनावी गठबन्धन हुने थिएन भने कांग्रेसका धेरै नेता घरकै कोठा र चोटामा हाई काडेर बस्थे । तिनै सुनिल शर्माले वामशक्तिको आडमा चुनाव जितेको कुरा बिर्सिए । अर्थमन्त्री आफ्नै पार्टीका हुन्, तीसँग काम लिनुपर्छ भन्ने सोचेनन् ।

अस्पतालले गरेका अपराध, लास जफत गरेका घटना त सुनिलका लागि नौलो होइन । कांग्रेसले यस्ता अराजक पालेर कसरी संगठन बनाउन सकेको होला ? प्रश्न उठिरहँदा कांग्रेस बदल्ने अभियानमा लागेका युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेलको हैसियत त्यस्तै रहेको छ ।
(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *