शान्ति कायम राख्न र संयमता अपनाउन भारत र पाकिस्तानलाई चीनको अपिल

बिबिध समाचार

काठमाडौं । भारतले पाकिस्तानमाथि गरेको हवाई आक्रमणप्रति चीनले प्रतिक्रिया दिँदै ‘खेदजनक’ भनेको छ ।

भारत र पाकिस्तानबीच बढ्दो तनावको बारेमा सोधिएको प्रश्नको जवाफमा चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले वर्तमान अवस्थाप्रति ‘चिन्तित’ रहेको बताए । चिनियाँ विदेश मन्त्रालयले भन्यो‘भारत र पाकिस्तान एकअर्काको छिमेकी हुन् र सधैं रहनेछन् । उनीहरू दुवै चीनका छिमेकी पनि हुन् । चीनले सबै प्रकारका आतंकवादको विरोध गर्दछ ।’

मन्त्रालयका प्रवक्ताले दुवै देशलाई शान्ति कायम राख्न, संयमता अपनाउन र परिस्थितिलाई अझ जटिल बनाउन सक्ने कार्यहरूबाट बच्न अपील गरे ।

बुधबार बिहान भारतीय सेनाकी कर्णेल सोफिया कुरेशीले पत्रकार सम्मेलनमा भारतीय सशस्त्र बलले ६-७ मे २०२५ को राति एकदेखि १ः३० बजेको बीचमा ‘अपरेशन सिन्दूर सुरु’ गरेको बताइन् ।

उनले भनिन् ‘यो अपरेशन अप्रिल २२ मा पहलगाममा भएको भयानक आतंकवादी हमलाको शिकार भएका निर्दोष नागरिकहरू र उनीहरूका परिवारहरूलाई न्याय प्रदान गर्न सुरु गरिएको थियो । यस अपरेशनमा नौ आतंकवादी शिविरहरूलाई लक्षित गरी पूर्ण रूपमा ध्वस्त पारिएको थियो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *