दोबामा ‘एक घर, एक धारा’योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित

विविध समाचार

काठमाडौं । म्याग्दीको अन्नपूर्ण गाउँपालिका दोवामा ‘एक घर, एक धारा’ सहितको खानेपानी आयोजना निर्माण भएको छ।

गण्डकी प्रदेश सरकारको बजेटबाट खानेपानी जलस्रोत तथा सिँचाई डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७५/७६ देखि शुरु भएको योजना सात वर्षमा सम्पन्न भएको हो।
करिब पाँच करोड लगानीमा चार वटा योजनामा निर्माण भएको योजनाबाट चार सय २२ घरपरिवार लाभान्वित भएको कार्यालयले जनाएको छ ।

चालु आर्थिक वर्षमा बिनियोजन भएको २० लाख बाहेक गत आर्थिक वर्षसम्म योजना निर्माणमा चार लाख ६७ लाख ९६ हजार खर्च भएको छ । पर्याप्त बजेट बिनियोजन नहुँदा योजना निर्माण गर्न सात वर्ष लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *