आर्थिक सर्वेक्षण र बजेट पेश गर्दा विपक्षीले संसद अवरोध नहुने, गृहमन्त्री लेखकले राजीनामा नदिएसम्म संसद् अवरोध

विविध समाचार

काठमाडौं । विपक्षी दलहरूले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा अवरोध नगर्ने बताएका छन् ।

प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले आर्थिक सर्वेक्षण र आर्थिक वर्षको बजेट टेबुल गर्न मात्रै प्रतिनिधिसभा चल्न दिने बताएका हुन् । त्यसपछि भिजिट भिसा सेटिङ प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग बनाउने र गृहमन्त्री रमेश लेखकको राजीनामा नभएसम्म संसद् चल्न नदिने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *