ओली सधैँ भारतको हेपाहमा

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन सम्पन्न भएको करिब एक महिना पुगिसकेको छ । सो अवधिमा एमालेले पार्टीको गतिविधिलाई अगाडी बढाइरहेको छ । एमालेले पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरुलाई चुनावी गतिविधिमा तयारी रहन आह्वान गरिसकेको छ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनको लागि एमालेले कार्यकर्तालाई तयार हुन पनि आग्रह गरेको छ । त्यसले गर्दा पार्टीका कार्यकर्ताहरु चुनावको लागि जुट्न थालेका छन् । एमालेका जनवर्गिय संगठनदेखि विभिन्न पेशा व्यवसायमा लागेका नेता कार्यकर्ताहरुलाई पनि निर्वाचनको लागि तयार हुन आग्रह गरिएको छ । त्यसैगरी प्रेस चौतारी नेपालले ११ औं महाधिवेशनबाट चुनिएका निर्वाचन पदाधिकारीहरुलाई स्वागत गरिसकेको छ ।

स्वागतसँगै नेता तथा केन्द्रीय कार्यसमितिका पदाधिकारीहरुले पनि पत्रकारहरुलाई निर्वाचनको लागि अहम भूमिका खेल्नुपर्ने सुझाव दिएको बताइन्छ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलननकै कराण राजनीतिक दलहरु गुमनाम बन्न पुगेका थिए । तर एमालेका नेता महेश बस्नेतले एमालेलगायत अन्य दलहरुको साख जोगादिएका थिए । त्योसँगै एमालेले ११ औं महाधिवेशन सम्पन्न गरेपछि अन्य दलहरुमा हौसला छाएको थियो । एमालेकै कारण अन्य दलहरु पनि व्युतिएका छन् । नेपाली कांग्रेसभित्र विगत लामोसमयदेखि संस्थापन पक्ष र इतर पक्षबीचको झगडाले कांग्रेस शिथिल हुदैँ गएको थियो ।

जेनजी आन्दोलन पछि कांग्रेस शिथिल मात्र भएको थिएन कांग्रेसको होसहवास नै उडेको थियो ।
नेपाली कांग्रेसभित्र नियमित महाधिवेशन गर्ने चर्चा चलिरहँदा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेर बहादुर देउवाविरुद्ध विशेष महाधिवेशन आह्वान गरेर देशैभरीबाट नेता कार्यकर्ताहरुलाई भृकुटिमण्डपमा उभ्याएको थियो । त्योसँगै नेपाली कम्युनिष्ट पार्टीले पनि महाधिवेशन गर्ने तयारी गर्ने योजना बनाइरहेको छ । तर, निर्वाचन नजिकिएसँगै नेपाली कम्युनिष्ट पार्टी महाधिवेशन गर्ने पक्षमा देखिदैन । नेपाली कम्युनिष्ट पार्टी निर्वाचनको लागि अन्य दलसँग सहकार्य गरेर जाने कि एक्लै चुनावी प्रतिस्पर्धा गर्ने भन्ने दोधारमा छ ।

कांग्रेस र एमालेले सहकार्य गरेर जाने भनिरहेको छ । तर त्यसको कुनै छाँटकाँट देखिएको छैन । एमालेभित्र ११ औं महाधिवेशनपछि केहि नेताहरुमा आएको वितृष्णालाई अध्यक्ष ओलीले पार्टी एक ढिक्का रहेको र एमालेभित्र विवाद नरहेको जस्ता भनाइ बताइरहेका छन् । त्यसले गर्दा एमाले पुनः पहिलाको जस्तै आगामी निर्वाचनमा पनि ठुलो दल बन्ने सर्वासाधारणले आशंका गर्न थालेका छन् । एमालेले प्रतिनिधि सभाको उम्मेदवार छनोट गर्दा निष्पक्ष क्रियाशिलता योग्यता र क्षमताको आधारमा टिकट वितरण गर्नुपर्ने धारणा एमाले कार्यकर्ताहरुले राखेका छन् । त्यसले गर्दा एमालेले सोहिअनुसारको उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको छ ।

त्यो तयारी गरेसँगै एमोलेले राष्ट्र र राष्ट्रियताको लागि विगत लामोसमयदेखि बुलन्द आवाज उठाउँदै थिया । एमाले अध्यक्ष ओली नेकपाको सरकारमा हुँदा लिम्पियाधुरा लिपुलेखको समेटिएको भूभाग चुच्चे नक्सा सार्वजनिक गरेपछि छिमेकी मूलुक भारत ओलीसँग रुष्ट बन्दै आएको थियो । २०७९ सालको आम निर्वाचनपछि माओवादी र एमालेको सरकार बनेको थियो । सो सरकार करिब महिना दिन टिक्न सकेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *