दधिकोटवासीको खानेपानी समस्या समाधान होला ?

राजनीति समाचार

काठमाडौं । भक्तपुरको दधिकोट बृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति २०५६ सालमा विधिवत रुपमा स्थापना गरिएको थियो । दधिकोटाका सर्वसाधारण जनताले पानी खान नपाएको गुनासो त्यत्तिकै आइरहेको थियो । कतिपय स्थानमा पानी छेलोखेलो थियो भने कतिपय ठाउँमा खानेपानी नभएर जनताहरु मारमा परिराखेका थिए । अहिले पनि खानेपानीकै कारण दधिकोटाका जनताहरु निराश बन्दै गएपछि हस्ताक्षेर संकलन गरी साधारण सभा बोलाउनको लागि सबैतिरबाट दबाब बढ्दै गएपछि साधारण सभा बोलाउनको लागि करिब डेढसयभन्दा माथि सर्वसाधारणको हस्ताक्षेर संकलन गरी दबाब दिएका थिए । सो दबाबपछि दधिकोट खानेपानी तथा सरसफाई समितिले साधारण सभा बोलाउन वाध्य भएको थियो ।

र २०८१ जेठ १९ साधारण सभाको आयोजना गरेको थियो । सो साधारण सभाको अध्यक्ष अनिल कुमार श्रेष्ठ र प्रमुख अतिथि सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापा रहेका थिए । त्यस्तै अन्य अतिथिहरुमा उपप्रमुख सरिता भट्टराई, वडा नम्बर ४ का वडा अध्यक्ष लक्ष्मण न्यौपाने, वडा नम्बर १ का अध्यक्ष र विभिन्न राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता थियो । दधिकोट वृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समिति र स्याङ्तान धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले संयुक्त साधारण सभा गरी प्रतिवेदन पेश गरेका थिए । सो प्रतिवेदन अनुसार स्याङ्तान धारा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका ग्राहक ५ सय भन्दा बढी रहेका छन् भने दधिकोट वृहत खानेपानी तथा सरसफाई मूल उपभोक्ता समितिका ग्राहक ३८ सयमाथि रहेका छन् । यी दुई खानेपनी उपभोक्ता समितिको गरी ४३ सयभन्दा बढी उपभोक्ता रहेका छन् ।

त्योसँगै नयाँ धारा जडान गर्नुपर्ने संख्या ५ सय भन्दा बढी रहेका छन् । विभिन्न स्रोतबाट ल्याएको पानीले नभ्याउने भएपछि १९ वटा बोरिङ खनिएको थियो । त्यसमा पनि तीनवटा बोरिङबाट पानी नआउने भएको छ । त्यसको लागत त्यत्तिकै खेरा गएको छ । बाँकी १५ वटा बोरिङबाट पानी सञ्चालनमा आए तापनि दधिकोटवासीहरुले समयमा पानी खान नपाएपछि हैरानी खेप्नुपर्ने वाध्यता छ । कतिपय उपोक्ताहरुले खानेपानी कार्यालयमा धर्नासमेत दिने गरेका छन् । तर, पानी वितरण गर्ने व्यवस्थापन उपभोक्ता समितिले राम्रोसँग गर्न सकेको छैन । पानी वितरण गर्नेहरुको त्यत्तिकै लापरवाही छ । नयाँ मेकानिजम छैन, पुरानै ढर्राबाट चलिरहेको छ । त्यसको लागत ९३ करोडभन्दा बढी रहेको छ । खानेपानीको लागि नगर विकासले ठेक्का लिएको थियो ।

सो ठेक्काको सम्पूर्ण काम २०८१ असारसम्ममा सम्पन्न गरिसक्नुपर्ने देखिन्छ । खानेपानीको दुईवटा भवन बनाउँदै छ । त्यसको अध्यक्ष रहेका थिए अनिल कुमार श्रेष्ठ । अनिल श्रेष्ठको अध्यक्षतामा गठन भएको यकार्यसमितिले विगत १३ वर्षदेखि साधारण सभा गर्न सकेको थिएन । अबको साधारणसभाले कसलाई अध्यक्ष चयन गर्ने हो त्यो पनि निश्चित छैन । अध्यक्षको दावी गर्ने केही व्यक्तिहरु लागि परेका छन् । आगामी असार २९ गते नयाँ कार्यसमिति चयनको लागि निर्वाचन हुँदैछ । सो खानेपानी समितिको अध्यक्षको लागि तीन जनाको भिडन्त हुने देखिन्छ । त्यसमा एमालेका कृष्ण खड्का, माओवादीका रामजी भण्डारी र नेपाली कांग्रेसका श्रीकृष्ण विष्टले दावी गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *